सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डेंगुबाट प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको निधन


  •    न्युजभित्तो/२३ कार्तिक २०७९, बुधबार १५:५६ 
  • विराटनगर,२३ कार्तिक। प्रदेश नम्बर १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको उपचारका क्रममा निधन भएको छ । प्रदेश १ का वनमन्त्री थापाको डेंगु संक्रमणबाट निधन भएको हो ।

    आसन्न प्रदेशसभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ ‘क’बाट उम्मेदवार समेत रहेका ५८ वर्षीय थापाको आज बिहान साढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।

    सुरुमा मन्त्री थापामा निमोनिया देखिएपछि डेंगु संक्रमण पनि भएको थियो । थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए । ह्याम्समा उपचारपछि उनलाई मंगलबार विराटनगर ल्याएर नोबेलमा भर्ना गरिएको थियो ।

    पथरी शनिश्चरे नगरपालिका-८ स्थायी घर भएका थापा लामो समय यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा थिए । उनको काठमाडौंको पेप्सिकोलामा पनि घर छ । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.