प्युठानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ घाइते
न्युजभित्तो/२३ कार्तिक २०७९, बुधबार ०८:१६
प्युठान, २३ कात्तिक । प्युठानमा पूर्णिमाको मेला हेरेर फर्किएको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लु१ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा राती १२ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिनुभयो ।
दुर्घटनामा प्युठान नगरपालिका–५ बस्ने ५२ वर्षीया मैमा घर्ती, ४३ वर्षीया बच्ची थापा र ४६ वर्षीय खुमन थापाको घटना स्थलमै मृत्यु भएको थापामगरले जानकारी दिनुभयो । दुर्घटनामा १२ जना घाइते भएका छन् । ६ जनाको जिल्ला अस्पताल उपचार भई रहेको र बाँकी छ जनालाई बुटवल पठाइएको छ ।
गाडी चालक सम्पर्कमा आएका छैनन् । प्युठान नगरपालिका–१ खैरामा लाग्ने पूर्णिमा मेला हेरेर फर्किएका व्यक्तिहरू दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।