सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मंसिर २५ गते नारायणगढको क्याम्पाचौरमा ‘नेपथ्य लाइभ कन्सर्ट


  •    न्युजभित्तो/२२ कार्तिक २०७९, मंगलवार १५:३५ 
  • चितवन, कार्तिक २२। चितवनको नारायणगढस्थित क्याम्पाचौरमा मंसिर २५ गते नेपथ्य गुञ्जिँदै छ । त्यसदिन चितवन नै झुम्ने गरी कार्यक्रम गर्न लागिएको हो ।मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ उक्त दिन आयोजना गरिएको ‘नेपथ्य लाईभ कन्सर्ट’मा मुख्य गायक अमृत गुरुङले लोक÷रक गीतहरु प्रस्तुत गर्नुहुनेछ । उक्त कार्यक्रमको तयारी तिब्र भएको र टिकट विक्री थालिएको मानवसेवा आश्रम चितवनले जनाएकोे छ ।

    साङ्गीतिक कार्यक्रममार्फत आर्थिक सङ्कलन गरी बेसहाराहरुको पालन पोषण र भवननिर्माण सम्पन्न गर्न मानवसेवा आश्रमले मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत चितवनको यो कार्यक्रम चौथो हुनेछ ।

    नेपथ्य कार्यक्रमको तयारी स्वरुप आश्रमले चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी गैरसरकारी संघ सस्थाका प्रमुखहरुसँग भेटघाट गर्ने र कार्यक्रमको बारेमा जानकारी गराउने कार्य जारी रहेको छ ।

    प्रचार प्रसारको लागि फ्लेक्स बोर्डहरु आवश्यक ठाँउहरुमा राख्ने, विभिन्न समिति निर्माण गर्ने, टिकट विक्रीका लागि अभिभावकहरुलाई वितरण गर्ने कार्य जारी छ । आवश्यक सुरक्षा गार्ड तथा कार्यक्रम स्थल निर्माणका लागि जिम्मा दिने काम पुरा भएको मानवसेवा आश्रमका बागमती प्रदेश संयोजक एवं चितवन शाखा प्रमुख निता के.सी.ले जानकारी दिनुभयो ।

    उक्त लाइभ कन्सर्टको शुरुवात विराटनगरमा मङ्सिर १६ गतेबाट हुनेछ । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौरपछि २५ गते नारायणगढको क्याम्पाचौरमा हुन लागेको छ ।

    त्यसपछि २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्यउ गुञ्जिने छ ।

    अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कार्यक्रमको टिकट बुकिङ शुरु भएको र नजिकका आश्रम कार्यालयबाट टिकल लिन सकिने छ ।

    चितवनसहित नेपालकै सडकपेटीमा खाना, नाना, र छानाको अभावमा रहनुपर्ने बाध्यताको अन्त्य गर्ने संकल्पका साथ एक दशक अघि स्थापना भएको आश्रमले देशका विभिन्न १९ जिल्लामा सेवा केन्द्र स्थापना गरी असहाय तथा बेसहाराहरुको उद्धार गरी आश्रय दिँदै आएको छ ।

    उक्त अभियानलाई पूर्णता दिन चितवनबासी तथा देश विदेशमा रहनुभएका परोपकारी मनहरुले खुलेर योगदान गर्ने अपेक्षा रहेको आश्रमले जनाएको छ ।

    मानवसेवा आश्रम नितान्त दाताहरुको स्वेच्छिक सहयोग र स्थानीय सरकारको आंशिक सहयोगमा सञ्चालित छ । यसमा व्यक्तिहरुले स्वेच्छाले विशेष पर्व एवं अवसरहरुमा नगद वा जिन्सी सहयोग गर्न सक्ने आश्रमले जनाएको छ ।

    यस्तो छ चितवन आश्रमको अबस्था…

    हाल मानवसेवा आश्रम चितनवनको भवन निर्माण कार्य आर्थिक अभावका कारण रोकिएको छ । तर पनि भाडाको घरबाट छुटकारा गराई आश्रमको आफ्नै निर्माणाधीन भवनमा लक्ष्मी नारायणहरुलाई राखिएको छ ।

    आश्रमको प्रसाशन भवन, नारायण भवन (पुरुषहरु बस्ने घर) सम्पन्न भएको छ भने लक्ष्मी भवन –महिलाहरु बस्ने घर) निर्माणाधीन अवस्थामा रहेको छ । भवन निर्माण सम्पनन गर्न एक करोड ६० लाख लाग्ने अनुमान छ ।

    भरतपुर महानगरपालिका–३ बेलचोक नारायणगढ (भृकुटी बोर्डिङ स्कुल अगाडि) समाजसेवी स्व. भगवानदास श्रेष्ठको परिवारले दिनुभएको ८ गठ्ठा क्षेत्रफलमा बन्दै गरेको भवन निर्माण सम्पन्न भएपछि १०० लक्ष्मी नारायणलाई राख्न मिल्ने छ । हाल भने ६५ आश्रित छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.