सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नौ घण्टा पैदलयात्रा हिँडेर देवघाटधाम परिक्रमा


  •    न्युजभित्तो/२२ कार्तिक २०७९, मंगलवार ११:०८ 
  • भरतपुर, कात्तिक २२ । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा गण्डकी परिक्रमा गरिएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले मङ्गलबार नौ घण्टा पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गरिएको हो । छब्बीस किलोमिटरको दूरीमा करिब तीन हजारको सहभागिता रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।विसं २०३८ देखि देवघाटमा गण्डकी परिक्रमा गर्न थालिएको थियो । केही वर्ष रोकिएको अभियान गत वर्षदेखि पुनः सुरु भएको हो । देवघाटधाम क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा भएको गण्डकी परिक्रमालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले बताउनुभयो ।

    सो अवसरमा हरिहर आश्रम, महेश आश्रम, गलेश्वर आश्रमका पिठाधीश र विद्यार्थी, विभिन्न मठमन्दिरका प्रतिनिधि, धार्मिक सङ्घसंस्था र समूहका प्रतिनिधिसँगै स्थानीयको समेत सहभागिता रहेको थियो । गण्डकी परिक्रमामा सहभागीहरू आफ्नो ब्यानरसहित पोशाकमा उपस्थित भएका थिए ।

    तनहुँतर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रीनाथ मन्दिर)को परिक्रमा गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

    त्यस्तै चितवनतर्फ देवघाट बसपार्क (सङ्कल्पेश्वर हनुमान मन्दि), विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृृत मावि, योगी नरहरिनाथ आश्रम गौशाला (बागेश्वरी मन्दिर), आँपटारी (दियालो बङ्गला चोक), पोखरा बसपार्क (गौरेश्वर शिव मन्दिर), नारायणगढ (हरिहर मन्दिर), नारायणगढ पुलचोक (दुर्गा मन्दिर)को परिक्रमा गरिएको छ ।

    नवलपुरतर्फ गैँडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, श्रीमद्रामानुज आश्रम, दिव्यधाम मन्दिर, बेसक्याक्प र केलादी क्षेत्रको परिक्रमा गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । देवघाटधामको पूर्ण परिक्रमासँगै सिद्ध हरिहर क्षेत्रको भ्रमण, मौलकाली मन्दिर दर्शन, धार्मिक पर्यटनको प्रवद्र्धन, पवित्र देव नदीको पुजन, नारायणगढ क्षेत्रको अवलोकन, रमणीय पर्वतको परिक्रमा तथा वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसारको गरिएको आयोजकले जनाएको छ ।

    सोमबार बिहान ७ बजे देवघाट वेणीसङ्गमबाट सुरु भएको कार्यक्रम दिउँसो ४ बजे मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा समापन गरिएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । पवित्र देवघाटधाम र गण्डकी सङ्गममा स्नान, जप, तप, न्यास, ध्यानादी कार्यमोक्ष प्राप्त हुने तथा मृत्युपश्चात यसै क्षेत्रमा अन्तिम संस्कार भएमा मुक्ति प्राप्त हुने हिन्दू धर्मको पौराणिक मान्यता भएको र विभिन्न धार्मिकग्रन्थमा देवघाटधामको महिमा उल्लेख भएको पाइन्छ । देवघाटको वेणी सङ्गममा माघे सङ्क्रान्ति, बोलबम मेलालगायतका मेला महोत्सव हुने गर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.