भरतपुरको कुशुमटारमा आगलागि हुँदा ४ लाख बराबरको क्षति
न्युजभित्तो/२२ कार्तिक २०७९, मंगलवार ११:०१
चितवन, कात्तिक २२। चितवनको भरतपुर महानगरपालिका–२९ कुशुमटारमा सोमबार साँझ आगलागि हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।स्थानीय लालबहादुर लामाको कच्ची घरमा अचानक विद्युत सर्ट भई साँझ ७ बजेको समयमा आगलागि भएको थियो । घरभित्र रहेका लत्ताकपडा, भाडा वर्तन, अन्नपात र घर नै पूर्ण रुपमा क्षति हुँदा करिव ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।आगो करिव ८ बजेको समयमा नियन्त्रणमा लिईएको थियो ।