सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका साहित्यकार हिरा लामाको उपन्यास ‘दलदल’ बजारमा आउँदै


  •    न्युजभित्तो/२१ कार्तिक २०७९, सोमबार १५:४८ 
  • चितवन, कात्तिक २१। चितवनका साहित्यकार हिरा लामाले नयाँ उपन्यास ‘दलदल’ बजारमा ल्याउने तयारी गर्दै छन् ।इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याउने तयारी गरेको यस उपन्यास साहित्यकार लामाको पहिलो उपन्यास हो । यसअघि उनको दुईवटा लघुकथा संग्रह प्रकाशित भइसकेका छन् । ‘प्रेम, गरिबी र राजनीति’ लाई मुख्य विषयवस्तु बनाएको यस उपन्यास विशेष त युवा पुस्ताप्रति लक्षित गरेको उपन्यासकार लामाले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘चितवनको देवघाट क्षेत्रको परिवेशलाई केन्द्रित गरेर उपन्यास तयार गरिएको छ । यसमा वैदेशिक रोजगारीको बाध्यात्मक परिस्थिति र माओवादी द्वन्दलाई चित्रण गरिएको छ । ’

    दलदल उपन्यासबाट पाठकले नेपाली समाजको सामाजिक परिवेशलाई सजिलै बुझ्ने छन् । बारा जिल्लाको ठुमरवानाबाट विद्यालय शिक्षा सुरु गरेका उपन्यासकार लामा विद्यालयदेखि नै साहित्यिक पत्रिकाहरु मधुपर्क र गरिमा अध्ययन गर्ने बानीले साहित्य लेखनमा प्रवेश गरेका हुन् ।

    चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसबाट बीएस्सी र अर्थशास्त्रमा एमए गरेका उनी अहिले विगत एक वर्षदेखि पर्वत जिल्लाको पातीचौर बजारमा शिक्षकको रुपमा काम गरिरहेका छन् । भरतपुर प्रेमबस्तीका स्थायी बासिन्दा हिरा लामाको यसअघि २०६२ सालमा लघुकथा संग्रह ‘बाज र परेवा’ र २०६७ सालमा अर्काे कथा संग्रह ‘जेब्रा र हुँडारहरु’ प्रकाशित भइसकेका छन् । साहित्यकार लामा कला र अभिनयमा पनि विशेष रुचि राख्छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.