सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर ७ का ३२ किसानले पाए मोटर


  •    न्युजभित्तो/१८ कार्तिक २०७९, शुक्रबार १२:०४ 
  • चितवन, कात्तिक १८। रत्ननगर नगरपालिका वडा नं.७ ले किसानलाई ५० प्रतिशत अनुदानमा सिंचाइ मोटर वितरण गरेको छ । बुधबार वडाभित्रका किसानका लागि ३२ वटा मोटर वितरण गरिएको वडाअध्यक्ष सजना महतोले जानकारी दिए । उनका अनुसार वडाबाट ४७ वटा निवेदन परेकोमा ३२ जनाले मात्रै मोटर पाएका हुन् ।वडाले कृषि क्षेत्रलाई सहज बनाउनको लागि किसानलाई मोटर वितरण गर्दै आएको वडाअध्यक्ष महतोले जानकारी दिए ।

    आर्थिक अवस्था कमजोर रहेका किसानले मोटर नहुँदा सिंचाइमा झेल्दै आएको अभाव पूर्ति भएको बताए । किसानले मोटर पाएपछि सिंचाइमा सहज हुने विश्वास लिइएको छ । किसान मिलन गोदारले वडाबाट पाएको मोटरका कारण कृषि उत्पादनमा सहज हुने बताए । वडाले वडावासी किसानको हितमा काम गरेको उनले बताए ।युवा किसान वीरेन्द्र चौधरीले मोटर अभावमा खेतमा सिंचाइ गर्न नपाइरहेको अवस्थामा वडाले किसानमैत्री कार्यक्रम ल्याएको भन्दै खुसी व्यक्त गरे । आगामी दिनमा पनि किसानमैत्री अन्य कार्यक्रम ल्याउन उनले आग्रह गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.