सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मतदाता शिक्षाका लागि ‘एक वडा एक स्वास्थ्य स्वयमसेविका’ खटाइने


  •    न्युजभित्तो/१५ कार्तिक २०७९, मंगलवार ११:२४ 
  • चितवन, कात्तिक १५। मतदाता शिक्षा कार्यक्रमका लागि हरेक वडामा एक जना स्वास्थ्य स्वयमसेविका खटाइने भएको छ । निर्वाचन कार्यालय चितवनका अनुसार आम निर्वाचनको लागि कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने छ ।मतदाता शिक्षा कार्यक्रममा जिल्लाका ९८ वटै वडामा स्वास्थ्य स्वयमसेविका खटिने छन् । उनीहरु मतदाताको घर–घरमा पुगेर नमुना मतपत्र देखाउँदै मतदातालाई सहि तरिकाले मतदान गर्न सिकाउँछन् ।

    मतदाता शिक्षा कार्यक्रमका लागि स्थानीय तहमा आजदेखि मतदाता शिक्षा सामग्री पठाउन थालिएको निर्वाचन कार्यालय चितवनका प्रमुख निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए । उनका अनुसार भोलिसम्म सबै सामग्री सात वटै पालिकामा पुगिसक्छन् ।

    मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लामा तीन तहको समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मतदाता शिक्षा जिल्ला स्तरीय समिति र स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा मतदाता शिक्षा समन्वय समिती गठन गरिएको छ ।

    वडामा वडा सचिवको संयोजकत्वमा मतदाता शिक्षा सञ्चालन समिति वडा स्तर गठन गरिएको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.