सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न भरतपुरमा दुई दिने तालिम


  •    न्युजभित्तो/३ कार्तिक २०७९, बिहीबार १६:५१ 
  • चितवन, कात्तिक ३। विपद्बाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आजबाट भरतपुरमा दुई दिने तालिम सुरु भएको छ ।भरतपुर महानगरपालिकाको आयोजनामा स्थानीय सरकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।

    भोलि शुक्रबारसम्म चल्ने तालिम उद्घाटन सत्रमा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले प्राकृतिक विपद्को जोखिमबाट हुने क्षतिबाट बच्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्नेमा बिश्वास व्यक्त गर्नुभयो । साथै उहाँले बिना सूचना आउने बिपद्बाट जोगिन उच्च साबधानी अपनाउन सबैमा आग्रह समेत गर्नुभयो ।

    भूकम्प, आगलागी, बाढीपहिरो, हावाहुरी, वायुप्रदूषण, शीतलहर, हिमपातलगायतका प्राकृतिक प्रकोपबाट हुने हानी नोक्सानी र जोखिम कम गर्न दुई दिने तालिमको आयोजना गरिएको हो ।

    तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद् आउनु अघि, आएको समयमा र विपद् आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिने छ ।

    कार्यक्रममा बिपद् जोखिमहरु बारे बुझाइ, बिपद् जोखिमसम्बन्धी नेपाल सरकारका नीतिहरु र प्राथमिकताहरु, नेपालमा बिपद् जोखिम सुशासन ( संस्थागत र कानुनी प्रावधानहरु), स्थानीय तहमा बिपद् जोखिम ब्यबस्थापन सुशासन र स्थानीय बिपद् जोखिम ब्यबस्थापन ऐन, स्थानीय बिपद् जोखिम ब्यबस्थापन समितिको काम र कर्तव्यहरु, स्थानीय तहमा बिपद् जोखिम ब्यवस्थापन कोष सञ्चालन कार्यविधि र बिपद् लेखाजोखा मार्गदर्शनका विषयहरुमा छुट्टाछुट्टै कार्यपत्रहरु प्रस्तुत गरिएको छ । तालिममा भरतपुर महानगरका २९ वटै वडाका अध्यक्ष तथा प्रतिनिधि, कार्यपालिका सदस्य तथा अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.