सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैक तथा वित्तिय संस्थाको चर्को व्याजदर घटाउन माग गर्दै उद्योग वाणिज्य संघले बुझायो ज्ञापनपत्र


  •    न्युजभित्तो/३१ आश्विन २०७९, सोमबार १४:५९ 
  • चितवन,असोज ३१। बैक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण उद्योग तथा व्यावसायीहरु मारमा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनले ज्ञापनपत्र बुझाएको छ । आज (सोमबार) संघले जिल्ला प्रशासन कार्यालय चितवन मार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र पठाएका हुन् । संघले नेपाल राष्ट्र बैंक र उद्योग वाणिज्य महासंघलाई बोधार्थ ज्ञापनपत्र पठाएका छन् ।प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बुझाँउदै संघका अध्यक्ष चुननारायण श्रेष्ठले बैक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण निजी क्षेत्र धरासायी बनेको बताउनुभयो । मुलुकको कुल ग्राहस्थ उत्पादन र रोजगार सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको नीजि क्षेत्रमाथि समय–समयमा थपिने आर्थिक भार, नेपाल सरकारबाट लागु गरिने आर्थिक नीति तथा औधोगिक एवंम व्यवसायीक विकास प्रतिकुलका प्रवधानहरुले नीजि क्षेत्र धरासायी बनेको उहाँले बताउनुभयो ।

    वाणिज्य संघ चितवनले ज्ञापनपत्र मार्फत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोरोनाका कारण प्रभावित भएको अर्थतन्त्र, रसिया युक्रेन युद्ध लगायतका कारण धरापमा परेको भन्दै नीजि क्षेत्रले आफ्नो व्यवसायलाई पुरानै अवस्थामा ल्याउनुपर्ने समयमा व्याजदर बृद्धिले व्यवसायीलाई निकै आहत पुगेको संघले जनाएको छ । अबैज्ञानिक तरिकाले बृद्धि गरिएको व्याजदरले उद्योग व्यवसाय बन्द गरी विस्थापित हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिएको संघको भनाई छ ।

    विश्वव्यापी रुपमा खाद्यान्न तथा इन्धनको मुल्य बृद्धिहुंदै जानुले विश्व अर्थतन्त्रमा थप चुनौती थपिनुका साथै नेपाल जस्तो विकासोन्मुख देश आर्थिक मन्दीको चरम अवस्थामा पुग्न सक्ने प्रक्षेपण भैरहेको बर्तमान अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुबाट गरिएको एकतर्फी र मनोमानी रुपमा व्याजदर बृद्धिले व्यवसायीक क्षेत्र धरासायी बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मनोमानी रुपमा बृद्धि भएको व्याजदर र दैनिक रुपमा बैंक तथा वित्तिय संस्थाबाट किस्ताको लागि दिइने मानसिक तनाबका कारण व्यवसायी विक्षिप्त बनेको संघको बुझाई छ । बैंकको व्याजदरले व्यवसायी संगै आम सर्वसाधारणको पनि दैनिकी कष्टकर बनेको जनाइएको छ । बर्तमान जटिल परिस्थितिमा बैंक तथा वित्तिय संस्थाले लिने ब्याजदर एक अंकमा ल्याउन, बर्तमान चालु पूंजी मार्गनिर्देशनलाई यथावत राखि नया“ व्यवस्थापन गर्नुका साथ साथै कर्जाको किस्ता बुझाउनुपर्ने समयावधि थप गरि व्यवसायीलाई धरासायी हुनबाट बचाउनका लागि सम्बन्धित निकायलाई उद्योग वाणिज्य संघ-चितवनले ध्यानाकर्षण गरेको छ । संघले माग सम्बोधन नभए चरणवद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने समेत चेतावनी दिएको छ ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लाका व्यवसायीको माग सम्बन्धित निकायमा पु¥याउने बताउनुभयो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा संघका अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षत्रय, चिरञ्जिवि सुवेदी, राजेन्द्र ओली, सिरिस पन्त, कार्यसमिति सदस्य, कार्यकारी निर्देशक निलबहादुर केसी विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.