सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वंशावली विमोचन र नयाँ नेतृत्व चयन गर्दै रिमाल समाजको चौथो अधिवेशन सम्पन्न


  •    न्युजभित्तो/३० आश्विन २०७९, आईतवार ०९:०५ 
  • काठमाण्डौं, ३० असोज । रिमाल समाजको ११ औं साधारण सभा तथा चौथो अधिवेशन शनिबार काठमाण्डौंमा सम्पन्न भयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै समाजको बंगावलीको दोस्रो संस्करण विमोचन गरेको छ ।

    नेपाल स्टक हाउसको कार्यालय डिल्ली बजारमा सम्पन्न अधिवेशनको रिमाल समाजका जेष्ठ सदस्य एवं प्रमुख सल्लाहकार लक्ष्मणप्रसाद रिमालले उद्घाटन गर्नुभयो । सो अवसरमा रिमाल समाजले तयार पारेको वंशावली दोश्रो संस्करणको प्रमुख अतिथि लक्ष्मणप्रसाद सहित प्रमुख संरक्षक डा. रामरत्न उपाध्याय रिमाल, रिमाल समाजका अध्यक्ष डिल्लिराम रिमाल, उपाध्यक्ष इश्वरी प्रसाद रिमाल र झलक रिमालले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

    समाजको चौथो अधिवेशनले पुनः डिल्लीराम रिमालको अध्यक्षतामा २१ सदस्यीय कार्य समिती सर्वसम्मत चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाद रिमाल नुवाकोट, उपाध्यक्षहरुमा जयन्द्र रिमाल काठमाण्डौ, रामप्रसाद उपाध्याय रिमाल अछाम, महेश्वर रिमाल स्याङ्गजा, यम बहादुर रिमाल लमजुङ्ग, कृष्ण प्रसाद रिमाल जिता–लम्जुङ, महासचिवमा रवि रिमाल काठमाण्डौं, सचिवमा नवराज रिमाल सुनसरी र कोषाध्यक्षमा शुरेश कुमार रिमाल काठमाण्डौ चयन हुनु भएको छ ।

    यसैगरी समितिका सदस्यहरुमा झलक रिमाल पर्वत, शिव प्रसाद रिमाल अछाम, इरा रिमाल काठमाण्डौ, मदन रिमाल मकवानपुर, विर्खराज रिमाल कैलाली, आर्यन रिमाल अछाम, गंगा रिमाल कास्की, केदार नाथ रिमाल नुवाकोट, जीवन रिमाल दोलखा, हरि रिमाल झापा, हरिदत्त रिमाल चितवन रहनु भएको छ ।

    सोही अवसरमा सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिमा शंकरनाथ रिमाल नक्साल, लक्ष्मण प्रसाद रिमाल, अरविन्द रिमाल डिल्लीबजार, हरि प्रसाद रिमाल नुवाकोट, रत्न प्रसाद रिमाल दैलेख, मृगेन्द्र नाथ रिमाल काठमाण्डौ, विष्णु रिमाल झापा रहनु भएको छ ।

    समितिको संरक्षकमा नृपेन्द्र नाथ रिमाल, डा. रामरत्न उपाध्याय रिमाल, गौरीनाथ रिमाल र कृष्णप्रसाद रिमाल रहनु भएको छ ।

    अधिवेशनमा महासचिव रवि रिमालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुरेशकुमार रिमालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । अधिवेशनले रिमाल समाजका पुरस्कार वितरण लगायत अन्य कार्यक्रमहरु पौष मसान्तसम्ममा गरी सक्ने र वंशावलीमा भएका सामान्य त्रुटी कमीकमजोरीहरु आगामी प्रकाशनमा सुधार गरी जाने निर्णय समेत भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
    किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी
    लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै
    • सुनचाँदीको मूल्य आज पनि घट्यो
    • सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    • नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    • नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.