सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माल्यार्पण, दीप प्रज्वलन र भेटघाट गरी सरस्वती बिष्टको चुनावी अभियानको शुरुआत


  •    न्युजभित्तो/२८ आश्विन २०७९, शुक्रबार ०८:३२ 
  • माडी २८ असोज । प्रदेश सभा सदस्य चितवन क्षेत्र नं. ३ (ख) की उमेदवार सरस्वती विष्टले हिजो बिहीबार माडी पुगेर जेष्ठ नागरिक भेटघाट र पुष्प मदन बाटिकामा माल्यार्पण गरी चुनावी अभियान शुरु गर्नुभएको छ । समानुपातिक तर्फमा उमेदवार हरि सापकोटासहित माडी पुग्नुभएकी बिष्टले पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा अगाडि बढ्न सकेमा मात्र देशको मुहार फेर्न सकिने बताउनुभयो ।

    देशलाई समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा नेतृत्वले दिएको जिम्मेवारी पूरा गर्दै निरन्तर देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाउँदै उहाँले आगामी मंसिर ४ गते नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

    माडीमा विकासको लहर ल्याउने नै नेकपा एमालेको सरकार भएको हुनाले समग्र माडीको विकास गर्नको लागि नेकपा एमालेको सरकार आवश्यक रहेको जानकारी दिंदै उम्मेदवार बिष्टले नेकपा एमाले केही काम गरेन भनेर भ्रम फैलाउनेहरुप्रति सचेत सबैलार्इ आग्रह गर्नुभयो।

    उहाँहरु बादरमुढेमा पुगेर बादरमुढे घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन गर्नुभएको थियो । चुनावी अभियान अन्तर्गत माडीका समाजसेवी एवम् अग्रजहरु केवल ,धनेश्वर चौधरी, रामलखन चौधरी लगायतहरजलाई भेटेर निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

    चुनावी अभियान अन्तर्गत उहाँहरु आयोध्याधाम, त्रिवेणी धाम, गोद्वक पुगेर दर्शन गरी त्यहाँका समस्याहरुका बारेमा जानकारी लिनुभएको थियो । कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य पार्वती रावल, यमबहादुर परियार इन्द्रजित, नेकपा एमाले चितवन क्षेनं. ३ का अध्यक्ष श्याम विष्ट, माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महत्तो, नेकपा एमाले माडीका सचिव श्रीप्रसाद दवाडी लगायत माडीका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो । माडीका विभिन्न स्थानमा पुग्दा मतदाताहरुले उहाँहरुलाई भव्य स्वागत गर्दै माडीका समस्याहरुका बारेमा जानकारी गराएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.