सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा


  •    न्युजभित्तो/१३ भाद्र २०८३, शनिबार १८:०८ 
  • चितवन, १३ भदौः दाउन्ने एग्रो फार्म लिमिटेड समूहले गत आर्थिक वर्षमा रु. १२ करोड ८९ लाख करपूर्वको मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा रु. ११ करोड ८५ लाख मुनाफा गरेको थियो । यो ८.७७ प्रतिशतले बृद्धि हो । कम्पनीको आज यहाँ सम्पन्न नवौं वार्षिक साधारण सभाले वित्तिय प्रतिवेदन पारित गरेको छ ।

    दाउन्ने समूहको करपछिको खुद मुनाफा रु. १० करोड २१ लाख पुगेको छ । जुन अघिल्लो वर्षको रु. नौ करोड आठ लाखको तुलनामा करिब १२.४२ प्रतिशतले बृद्धि हो । कम्पनीको मात्रै खुद मुनाफा रु. नौ करोड २९ लाख रहेको छ, जुन अघिल्लो वर्षको रु. आठ करोड १५ लाखको तुलनामा उल्लेखनीय बृद्धि हो ।

    यस वर्ष समूहको प्रति शेयर आम्दानी रु. २०.१४ कायम भएको छ भने दाउन्ने एग्रोको मात्रै १८.३७ पुगेको छ । दाउन्ने समूहमा दाउन्ने एग्रो फार्म लिमिटेड, दाउन्ने ट्रे एण्ड प्याकेजिङ इन्डस्ट्रिज प्रा.लि., किसान एग्रो इन्डस्ट्रिज प्रा.लि., दाउन्ने मल्ट्री एग्रो एण्ड रिसर्च प्रा.लि. रहेका छन् ।

    दाउन्ने एग्रो फार्म लिमिटेडमा गत आर्थिक वर्षको अन्त्यसम्ममा समूह अन्तर्गत ३ लाख ९३ हजार १४१ वटा लेयर्स कुखुरा तथा एक लाख एक हजार ३१८ चल्ला गरी चार लाख ९४ हजार ४५९ वटा कुखुरा रहेका छन् । गत आर्थिक वर्षमा नौ करोड २४ लाख ४९ हजार १४० अण्डा बिक्री कम्पनीले गरेको छ ।

    दाउन्ने एग्रो फार्म लिमिटेडको चुक्ता पूँजी २०८२/०८३ को अन्त्यमा रु. ५२ करोड पुगेको छ । समूहको सञ्चालन आम्दानी रु. एक अर्ब ४० करोड १२ लाख रहेको छ भने कम्पनीको मात्रै रु. एक अर्ब ३६ करोड ७९ लाख रहेको छ ।

    साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विनोद पोखरेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षणको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ । सभाले आगामी आर्थिक वर्षका लागि एस डी बि सी एसोसिएट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको साधारण सभा हरेक आर्थिक वर्षको भदौ १३ गते गर्ने निर्णय समेत गरेको छ ।

    दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको सभामा कम्पनीका अध्यक्ष विनोद पोखरेल, सञ्चालकहरु रघुनाथ भट्ट, विन्दु पोखरेल लगायतले बोल्नु भएको थियो । सो अवसरमा सिटिजन बैंकका चिफ इन्फास्ट्रक्चर÷ कन्सोटियम तथा कर्पाेरेट बैंकिङ अफिसर रोशन मल्ल, आध्यान्त फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापा, कम्पनीका वित्तिय सल्लाहकार ऋषिराम चालिसे, शेयरधनीका तर्फबाट माधवप्रसाद अर्याल लगायतले शुभकामना दिनु भएको थियो ।

    सभामा वित्तिीय प्रतिवेदन प्रमुख कार्यकारी अधिकृत विजयप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो भने फार्म प्रबन्धक भुवन लामिछानेलाई उत्कृष्ट कार्य गरे वापत प्रशंसापत्र प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.