सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मैले छाडेपछि चितवन स्तब्ध बन्यो: प्रचण्ड


  •    न्युजभित्तो/२६ आश्विन २०७९, बुधबार १४:५० 
  • चितवन,असोज २६। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता बनेको बताएका छन् । २०७४ सालमा चितवन ३ बाट लडेका प्रचण्डले आगामी निर्वाचनका लागि गोरखा २ मा उम्मेदवारी दिएपछि यस्तो बताएका हुन् । उनले फेसबुकमा एक भिडियो राख्दै भनेका छन्, ‘मैले अध्यापन गरेको जिल्ला पनि हो ।

    मैले राजनीतिको मुख्य क्षेत्र गोरखालाई नै बनाएको थिएँ । म गोरखा जाँदा त्यहाँको विकास निर्माणलाई राम्रो गर्छु भनेरमात्रै म गोरखा गएको हो ।’चितवनका सबै जनप्रतिनिधिले आफूलाई जिताउने प्रतिबद्धता जाहेर गरेको प्रचण्डले दोहोर्‍याए । उनले भनेका छन्, ‘मैले चितवन छाडेपछि दुई-चार दिन स्तब्ध थियो । त्यसैले मैले चितवनका जनताप्रति आभार व्यक्त गर्नुपर्छ । चितवनबाट जित्छु भन्नेमा ढुक्क थिएँ । मेरो निर्वाचन क्षेत्र परिर्वतन गर्ने विशेषता पनि बनेको छ ।’ उनले अब गोरखा २ मा देश र अन्तर्राष्ट्रिय शक्तिहरुको ध्यान केन्द्रित हुने बताए । पक्ष र विपक्ष विभिन्न टीकाटिप्पणी हुने भएकाले एकताबद्ध भएर प्रतिवाद गर्न उनले गठबन्धन दलका नेताहरुलाई निर्देशन पनि दिए । प्रचण्डले निर्वाचन स्वच्छ र भयरहित बनाउन आह्वानसमेत गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.