सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा पत्रकार सिलवालद्वारा १० हजार सहयोग


  •    न्युजभित्तो/१२ आश्विन २०७९, बुधबार १८:४५ 
  • काठमाण्डौं, १२ असोज । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय समाचार समितिका सिनियर रिर्पोटर प्रकाश सिलवालले नगद दश हजार आर्थिक सहयोग गर्नुभएको छ । शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्षसमेत रहनु भएका सिलवालले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तण गर्नुभएको हो ।

    पत्रकार सिलवालले चौतारी चितवनले समस्यामा पर्न सक्ने पत्रकारलाई सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेकोले आफ्नो तर्फबाट सानो भए पनि सहभागीता जनाएकोबताउनुभयो । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सिलवालले पत्रकारहरुको पेशागत हकहित, पत्रकारिता क्षेत्रको विकासमा टेवा पु¥याउन तथा संस्थागत उन्नयमा कल्याणकारी कोषले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

    प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले अग्रज पत्रकार सिलवालले गरेको आर्थिक सहयोगले संगठनको उद्देश्य प्राप्तिमा थप हौसला मिलेको भन्दै सन्देशका हिसावले महत्वपूर्ण भएको बताउनुभयो । चौतारी चितवनका अध्यक्ष पण्डितका अनुसार पत्रकारिता पेशामा निरन्तर लागिरहेका पत्रकारहरुलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रुपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे वापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो । कोषमा हालसम्म ७५ हजार १ सय ५५ रकम संकलन भैसकेको छ ।

    प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउन, संगठन सुदृढिकरण र पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न, पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा आर्थिक सहयोग गर्न कोष स्थापना गरेको हो । साथैं चौतारीमा आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ सहयोग गर्ने कल्याणकारी कोष कार्यविधीमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.