सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व नदी दिवसका अवसरमा नारायणी नदी किनारमा सरसफाई


  •    न्युजभित्तो/१० आश्विन २०७९, सोमबार १५:०० 
  • गैँडाकोट,१० आश्विन। १७ औँ विश्व नदी दिवसका अवसरमा नारायणी नदी किनारमा सरसफाई गरिएको छ । तटिय क्षेत्रका वडा कार्यालय, टोल विकास संस्था एवं संरक्षणकर्मीहरुको सक्रियतामा सरसफाइ गरिएको हो ।

    गैँडाकोट नगरपालिकाले नदीलाई छुने नगरपालिका अन्तगर्तका वडा एवं टोल विकास संस्था, सरोकारवालाहरुलाई आफुलाई पायक पर्ने घाट नदी किनारमा सरसफाइ गर्न आह्वान गरे अनुरुप नदी किनारमा सरसफाई गरेका हुन् ।

    गैँडाकोट २ मा गैँडाकोट नगरपालिका, सहमति, डब्लुडब्लुएफ, जेसिज, रोटरी, लायन्स एवं लियो क्लबको सहकार्यमा नदी किनारमा सरसफाई गरिएको छ । कार्यक्रममा उपस्थित गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सरसफाई जीवनमा अत्यन्त आवश्यक रहेको बताउँदै स्वस्थ रहन पनि नदी सरसफाई एवं संरक्षण गर्न सर्बै जुट्नुपर्ने बताउनुभयो ।

    सहमतिका कार्यबाहक अध्यक्ष होमनाथ सुवेदीले नदीलाई सफा राख्नु सबैको दायित्व रहेको बताउँदै सबैलाई आफ्नो क्षेत्र लगायत नदीलाई सफा राख्न अनुरोध गर्नुभएको थियो । फोहर व्यवस्थापनमा कडा नियम बनाउन जरुरी रहेको बताउँदै जथाभावी फोहर फाल्न नदिनका लागि नगरपालिकाले नियम बनाउनुपर्ने बताउनुभयो ।

    सहमतिका सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना परियोजनाका संयोजक दिनेश बास्ताकोटीले सरसफाई अभियानलाई घरघरमा यो अभियान पु¥याउन आवश्यक रहेको बताउनुभयो । यात्रा गर्दा प्लास्टिक जन्य सामान जथाभावी नफाल्न अनुरोध गर्नुभयो । साथै नदी पानीको मुख्य श्रोत रहेकोले यसलाई सधै सफा राख्न अनुरोध गर्नुभयो ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै गैँडाकोट जेसिजका अध्यक्ष शंकर अधिकारीले दिवसका दिन मात्र नभई हरेक दिन हरेक क्षेत्रमा सरसफाई गर्न आवश्यक रहेको बताउनुभयो । रोटरी क्लब अफ गैँडाकोटका अध्यक्ष यदु घिमिरेले सबैको निरन्तर सहयोगले मात्र अभियानले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।

    सिद्धान्त क्याम्पसका संयोजक रुबी शाहले सरसफाई अभियानमा विद्यालय सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले सबैजना यसमा लाग्यो भने नदीलाई सफा बनाउन सक्ने बताउनुभयो । प्रहरी, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि एवं स्थानीयको सक्रियतामा नदी तटिय क्षेत्रमा सरसफाइ गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.