सप्तगण्डकीमा शुल्कवृद्धिको निर्णय कार्यान्वयन नगर्न अनेरास्वियू क्रान्तिकारीको माग
न्युजभित्तो/१० आश्विन २०७९, सोमबार १४:५७
चितवन,१० आश्विन। अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सप्तगण्डकी ईकाइले शुल्कवृद्धिको निर्णय कार्यान्वयन नगर्न कलेज प्रशासनसँग माग गरेको छ ।
ईकाइ संयोजक प्रकाश देवकोटाले विज्ञप्ति जारी गर्दै २५ प्रतिशत शुल्कवृद्धिको निर्णय कार्यान्वयन सप्तगण्डकी बहुमुखी क्याम्पस प्रशासनसँग माग गरेका हुन् । नेपाल पब्लिक क्याम्पस संघले २५ प्रतिशत शुल्कवृद्धिको निर्णय गरेको थियो ।
उक्त निर्णय गरिब विद्यार्थीको ढाड सेक्ने गरी भएको विज्ञप्तिमा भनिएको । अनेरास्वियू क्रान्तिकारीले आफ्नो मागको वेवास्ता गरी शुल्कवृद्धिको निर्णय भए प्रतिकारमा उत्रिने चेतावनी समेत दिएको छ ।