सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका किसानले धानसँगै खेतमा माछापालन पनि सुरु


  •    न्युजभित्तो/८ आश्विन २०७९, शनिबार १६:०६ 
  • चितवन, असोज ८। सुन्दा अचम्म लाग्ला ! तर पछिल्लो समय चितवनका किसानले धानसँगै खेतमा माछापालन गर्न पनि सुरु गरेका छन् । भरतपुर महानगरपालिका–२५ फुलबारीका एक युवाले धान लगाएको खेतमा माछापालन गरेका छन् । २३ वर्षीय युवा रोमिन जङ्ग थापाले ८औँ पटक धान खेतमा माछापालन गरेका हुन् । हाल उनी सप्तगण्डकी क्याम्पस भरतपुरमा आम सञ्चार तथा पत्रकारीता विषयमा दोस्रो वर्षमा अध्ययनरत छन् । उनी निर्माण व्यवसायी पनि हुन् ।

    ‘गाँउमा अरुले पनि माछापालन गरेका छन् । तर गाँउमा धान खेतमा माछापालनको सुरु भने मैले गरेको हो’, थापाले भने । उनले गएको साउनमा धान खेतमा ८०० वटा माछाको भुरा हाले । कात्तिकसम्म माछा खानका लागि तयार हुने उनी बताउँछन् । धान खेती गरिएको ठाउँमा माछापालन पनि गर्दा माछाको उत्पादन राम्रो हुने र धान उत्पादन पनि बढ्ने उनको भनाइ छ ।

    धानमा उनले कुलोको पानी लगाउने गरेका छन् । खेतमा धान रोपेको एक हप्तापछि उनले २० देखि २५ ग्रामका भुरा माछा हालेका हुन् । उनले प्रति गोटा २ रुपैयाँमा ८०० भुरा माछा किनेका हुन् । भुरा माछा हालेको तीन महिनामा एउटा माछा डेढ पाउको हुने र प्रतिकेजी ३५० रुपैयाँमा विक्री हुने उनले बताए ।

    साढे तीन कठ्ठा जग्गामा धान लगाउँदा पानी जमेर सोचेको जस्तो धान नफलेको र धानको विरुवामा रोग किरा लागेर सताएको उनले स्मरण गरे । धानमा हरेक वर्षजसो समस्याले सताउन थालेपछि धान खेतमै एक पटक माछा पालन गरेर विचार गर्ने सोच पलाएको उनले बताए । सुरुमा ३०० वटा माछाको भुरा हाल्दा राम्रो उत्पादन भएपछि हरेक वर्ष धान लगाएको ठाउँमा माछा पालन गर्ने गरेको उनले बताए ।

    धान खेतमा माछा पालन गरेपछि धानको उत्पादन पनि बढेको उनी बताउँछन् । ‘धान खेतीमा माछा पालन गर्दा धानमा आएको लेउ झार तथा किरा माछाले आहारको रुपमा खान्छ र धानमा लाग्ने विभिन्न रोगहरु पनि देखा पर्दैन’, उनले भने । एउटै ठाउँमा धान र माछाबाट आम्दानी भएपछि आफुलाई धेरै सन्तुष्ट मिलेको उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.