सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि चितवनमा पनि पठाओको सेवा सुरु


  •    न्युजभित्तो/८ आश्विन २०७९, शनिबार ११:३२ 
  • चितवन,८ आश्विन। राइड सेयरिङ प्लाटफर्म पठाओले आज (शनिबार) देखि चितवनमा पनि सेवा सुरु गरेको छ ।

    करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा चितवनमा पनि विस्तार भएको हो । चितवनमा अटो र बाइकमा राइड सेवा सुरु गरिएको पठाओकी प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको उनी बताउँछिन् ।

    ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो, उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’

    चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लू बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने प्रवक्ता हमालले जानकारी दिइन् ।

    के छ त पठाओमा सुविधा ?

    पठाओमा हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गर्ने सुविधा रहेका छन् । बीमा अन्तर्गत हरेक यात्रामा १ लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध छ । जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बीमा हो ।

    पठाओमा कागजात प्रमाणिकरण र तालीम पश्चात् मात्रै राइडर्हरुले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको बताइएको छ । पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सौ घण्टा कल–सेन्टरमा सम्पर्क गरि गुनासो तथा उजुरी गर्न सकिन्छ । २४ सै घण्टा कल सेन्टरबाट पठाओको सेवाका बारेमा आवश्यक जानकारी समेत लिन सकिने प्रवक्ता हमालले बताइन् ।

    यस्तै, पठाओ प्रयोग गर्दा आपतकालिन अवस्था आएमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि रहेको छ । पठाओको हरेक राइड सिस्टममा ट्रयाक हुन्छ । जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पूर्ण बिवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ । साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गरेर आफू पुगिरहेको गन्तब्यको बारेमा प्रत्यक्ष (लाइभ) जानकारी गराउन सकिन्छ । एप मार्फत बुक नगरी अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुबिधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षीत र सुनिश्चित नहुने हमालको भनाइ छ ।

    सन् २०१८ सेप्टेम्बरमा बाइकमा राइड सेयरिङ मार्फत सेवा दिइरहेको पठाओले २०१९ अगस्टमा कार लाइट अर्थात् ट्याक्सी सेवा जोडेको हो । भने राइड सेयरिङ सुरू गरेको २ वर्षपछि सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै काठमाडौमा ‘पठाओ फुड’ समेत सुरू रहेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.