सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराको जोखिम


  •    न्युजभित्तो/७ आश्विन २०७९, शुक्रबार १०:५१ 
  • चितवन,७ आश्विन । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराको जोखिममा परेको छ । देवघाटको वेणीसङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिरो जान थालेपछि देवघाटधाम जोखिममा परेको हो ।विनाशकारी भूकम्प पश्चात पहिरो जान सुरु भएको देवघाटधाममा पटकपटक पहिरो खस्दै आएको छ । देवघाटको वेणीसङ्गम नजिकै त्रिशूली नदीतर्फको भागबाट सुक्खा पहिरो जान थालेपछि यहाँ १० रोपनीभन्दा बढी जमिन तथा आठ कुटीमा पूर्ण क्षति पुगिसकेको छ ।

    पुनः आज बिहान गएको सुक्खा पहिराका कारण वेणी सङ्गममा स्नान गर्न जाने पदमार्ग नै बन्द भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले जानकारी दिनुभयो । “माटो निरन्तर खसिरहेको छ”, उहाँले भन्नुभयो, “मानवीय दुर्घटना हुनसक्ने जोखिमले क्षेत्र विकास समितिले बाटो बन्द भएको बोर्ड नै टाँसेको छ ।” देवघाट वेणीमा स्नानका लागि जान क्षेत्र विकास समिति र स्थानीय सरकारले निर्माण गरेको रेलिङसहितको पक्की संरचना नै पहिराले भत्काएर त्रिशूलीमा पु¥याएको अधिकारीले बताउनुभयो ।

    सोह्र श्राद्धको समयमा देवघाटमा श्राद्ध गर्न आउने भक्तजनलाई समस्या भएको उहाँले बताउनुभयो । उहाँले पहिरो ठूलो खसेको र यसको दीर्घकालीन समस्या समाधान गर्नुपर्ने भएकाले प्रदेश र केन्द्र सरकारसंग बजेटका लागि आग्रह गरिएको बताउनुभयो ।

    त्रिशूली नदीको किनारमा चट्टानी ढुङ्गा भए पनि माथिल्लो तहमा बलौटे माटो हुँदा यहाँ पटकपटक पहिरो जान थालेको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले बताउनुभयो । यो बाटो हुँदै दैनिक सयौँ तीर्थयात्री वेणीसङ्गम जाने गरेकोमा अब व्यवस्थित मर्मत नगरेसम्म सुचारु गर्न नसकिने उहाँको भनाइ छ । देवघाटमा रहेको गलेश्वर आश्रमसहित यहाँको पुरातात्विकस्थल संरक्षणमा सबैको साथ आवश्यक रहेको उहाँले बताउनुभयो ।

    पहिरो नियन्त्रणका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा सङ्घीय सांसद र नेतालाई अनुरोध गर्दा पनि उनीहरुले कुनै चासो नदिएको गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले बताउनुभयो । “आश्रमको कम्पाउण्डसम्मै पहिरो आइसक्यो”, उहाँले भन्नुभयो, “रातमा ठूलो पानी आउँदा हामीलाई पनि निन्द्रा नलाग्ने भइसक्यो ।”

    देवघाटधामको इतिहास बोकेको गलेश्वर आश्रमको संरक्षणमा राज्यले चासो नदिएको उहाँको गुनासो छ । पाँच वर्षअघि लाखौँ खर्च गरेर डिपीआर निर्माण गरिएको भए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरेको पीठाधीश ज्ञानानन्द सरस्वतीजीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.