सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महानगरले भत्काउने भएपछि वीर अस्पताल अगाडिका औषधि व्यवसायीले मागे सात दिनको समय


  •    न्युजभित्तो/६ आश्विन २०७९, बिहीबार ११:१० 
  • काठमाडौं,६ आश्विन। काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरित सञ्चालनमा रहेका फार्मेसी पसलहरु हटाउने भएपछि व्यवसायीहरुले कम्तीमा सात दिनको समय मागेका छन्।

    महानगरले आज बिहीबार दिउसो १ बजेसम्म पसल खाली गर्न माइकिङ गरेपछि व्यवसायीहरुले भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न समय लाग्ने भन्दै कम्तीमा सात दिनको समय दिन माग गरेका हुन्।

    हनुमा फर्माका प्रमुख नवराज खनालले फार्मेसीमा आइसियु र भेन्टिलेटरमा प्रयोग हुने औषधिदेखि फ्रिजमा राखिरहनु पर्ने खोप लगायतका महत्वपूर्ण औषधि रहेकाले केही दिनको समय माग गरेको बताए।

    ‘हामी पसल खाली गर्न तयार छौं,’ उनले भने, ‘खाद्यन्न पसलमा चामल र आलु सारेजस्तो औषधि सार्न सहज नहुने भएकाले कम्तीमा सात दिन समय दिन माग गरेका हौं।’

    उनीजस्तै वीर अस्पताल अगाडिको संरचनामा रहेका थप चार वटा फार्मेसीले कम्तीमा सात दिनको समय माग गरेका छन्। वीर अस्पताल अगाडि नक्सा पास नभएको संरचनामा पाँच वटा औषधि पसल सञ्चालनमा छ।

    महानगरले भने यसअघि नै ३५ दिनको सूचना जारी गरेको र र औषधि पसल जस्तो संवेदनशील सेवा सञ्चालन भएकाले माइकिङ गरेर समय दिइएको जनाएको छ।

    महानगरका नगर प्रहरीका उपरीक्षक दिनेश अर्यालले एउटा नक्सा पास गरेर अर्कै प्रयोजनमा प्रयोग गरेको देखिएकाले टहरा हटाउन माइकिङ गरिएको बताए।

    वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले ती पसलहरु हटाउन लागेको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.