सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको नारायणगढमा चार्डपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा


  •    न्युजभित्तो/५ आश्विन २०७९, बुधबार १६:२४ 
  • चितवन,५ आश्विन। चितवनको नारायणगढमा चार्डपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन कार्यालय चितवनले नेपालीहरुको महान् पर्व दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

    साल्ट ट्रेडिङले हरेक वर्ष चार्डपर्वमा सुपथ मूल्य पसल सञ्चाल गर्दै आएको छ । साल्ट ट्रेडिङ प्रमुख वुद्धिविनोद दाहालका अनुसार सुपथ मूल्य पसलमा प्रतिलिटर तेल बजार मूल्य भन्दा ७ रुपैयाँ सस्तोमा पाइन्छ ।

    यस्तै नुन प्रतिकिलो २ रुपैयाँ र चिउरामा ४ रुपैयाँसम्म छुट दिइएको छ । साल्ट ट्रेडिङमा सेफ सनफ्लावर तेल प्रतिलिटर २८५ रुपैयाँ र तोरी तेल प्रति लिटर २७५ रुपैयाँ कायम गरिएको छ । नुनको मूल्यमा प्रति किलो १८ रुपैयाँ र झुरुम चिउरा ८० रुपैयाँ कायम गरिएको छ ।

    साल्ट ट्रेडिङले माइतिघर, मंगलम र भान्साघर गरी ३ किसिमका चामल बिक्री गरिरहेको छ । भान्साघर ५ किलोको ७७० रुपैयाँ, माइतिघर २५ किलोको १ हजार ८४५ रुपैयाँ र मंगलम २५ किलोको १ हजार ९३५ रुपैयाँ रहेको छ ।

    यस्तै चना प्रतिकिलो १०५ रुपैयाँ, हरियो केराउ १२० रुपैयाँ र काबुलि चना १८० रुपैयाँ कायम गरिएको दाहालले बताए । उनका अनुसार मन श्री मैदा २ केजीको १६५, मन श्री पिठो २ केजीको १६०, मन श्री पिठो ५ केजीको ३७०, हिवालिङ पिठो २ केजी १६० र हिवालिङ पिठो ५ केजीको ३५७ रुपैयाँ छ ।

    सुपथ मूल्य पसलबाट नुन प्रतिव्यक्ति अधिकतम ६ केजीसम्म उपलब्ध गराइने उनले बताए । अन्य खाद्यान्न भने ग्राहकले आवश्यक अनुसार लैजान सक्नेछन् ।

    अन्य खाद्यान्न सहज रुपमा उपलब्ध भए पनि सधैं झै यस वर्ष पनि चिनीको भने अभाव रहेको देखिन्छ । साल्ट ट्रेडिङबाट नै चिनी नआउँदा अभाव देखिको दाहालको भनाइ छ । चिनी सहज रुपमा उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले बताए ।

    साल्ट ट्रेडिङमा अहिले सबैभन्दा धेरै नुन चिउरा, तेल, दाल, गेडागुडीहरु बिक्री भईरहेको छ । यस वर्ष खाद्यान्न खरिद गर्न आउने ग्राहक बढेको उनले बताए । गत २ बर्ष कोरोना भाईरस संक्रमणका कारण ग्राहक कमै मात्रामा आए पनि यस वर्ष भने बढेको उनको भनाइ छ । यस वर्ष व्यापार बढ्ने अनुमान छ । सुपथ मूल्य पसल कात्तिकको १३ गतेसम्म सञ्चालन हुने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.