जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी पुलबाट हामफालेका व्यक्ति कालिका नगरपालिका ७ जुटपानीका ३२ वर्षीय अनुप पोख्रेल हुन् । उनी बिहीबार साँझ ६:५९ बजे भरतपुर महानगरपालिका ३ स्थित नारायणी पुलबाट हामफालेका थिए ।
घटनास्थलमा बागमती प्रदेश ३-०२-००२ प ९१३६ नम्बरको एभिएटर स्कुटर, निलो रङ्गको चप्पल र सामसुङको मोबाइल फेला परेको थियो । नदीमा हामफालेका पोख्रेल अझै बेपत्ता छन् ।
चितवन,३१ भाद्र। बिहीबार साँझ नारायणीको पुलबाट नदीमा हामफाल्ने व्यक्तीको पहिचान खुलेको छ ।