सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन सौराहामा सुरु


  •    न्युजभित्तो/३० भाद्र २०७९, बिहीबार १४:५३ 
  • चितवन,भदौ ३०। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रमाणित सूचना आम नागरिकसम्म पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशनको आज सौराहामा उद्घाटन गर्दै उहाँले तस्वीरले प्रमाणित सूचना दिने बताउनुभयो ।पहिले–पहिले खिचेका तस्वीरको दस्तावेजीकरण गर्दै त्यसै कामलाई परिस्कृत ढङ्गले अहिले तस्वीर लिने गरेको जनाउँदै उहाँले तस्वीरले यथार्थ समाचार दिने बताउनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सृजना अर्याल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने, नेकपा (एमाले) चितवनका सचिव प्रकाश खनाल, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।आज बन्दसत्र गरी शुक्रबार बिहान नयाँ कार्यसमिति चयन गरेर महाधिवेशन सम्पन्न हुँदै छ । उद्घाटनसत्र हुनुअघि सौराहामा प्रभातफेरीको आयोजना गरिएको थियो । महाधिवेशनमा चार सय हाराहारी प्रतिनिधि सहभागी भएका छन् । महासङ्घको सातवटै प्रदेश र ७४ वटा जिल्लामा समिति रहेको महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.