सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको माडीमा जितिया पर्वको अवसरमा सार्वजनिक बिदा


  •    न्युजभित्तो/३० भाद्र २०७९, बिहीबार १३:३९ 
  • चितवन, भदौ ३० । थारु समुदायका महिलाहरुको महान् चाड ‘जितिया’ पर्वको अवसरमा चितवनको माडी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।भदौ २१ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार जितिया पर्वको दिन नगरभित्र सार्वजनिक बिदाई दिएको नगरपालिकाद्धारा आज जारी सूचनामा उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालद्धारा जारी सूचनामा भनिएको छ–‘आदिवासी थारु जातिलगायतको विशेष चाड जितिया पर्वको अवसरमा असोज २ गते आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सो दिन माडी नगरभित्र रहेका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरु एवं शिक्षण संस्थाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।’

    चितवनका थारु समुदायहरुमा अहिले जितियाको रौनक छाइसकेको छ । असोज १ र २ गते थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउँदै छन् । माडी नगरपालिकामा थारु समुदायको बाहुल्यता रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.