चितवनको माडीमा जितिया पर्वको अवसरमा सार्वजनिक बिदा
न्युजभित्तो/३० भाद्र २०७९, बिहीबार १३:३९
चितवन, भदौ ३० । थारु समुदायका महिलाहरुको महान् चाड ‘जितिया’ पर्वको अवसरमा चितवनको माडी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।भदौ २१ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार जितिया पर्वको दिन नगरभित्र सार्वजनिक बिदाई दिएको नगरपालिकाद्धारा आज जारी सूचनामा उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालद्धारा जारी सूचनामा भनिएको छ–‘आदिवासी थारु जातिलगायतको विशेष चाड जितिया पर्वको अवसरमा असोज २ गते आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सो दिन माडी नगरभित्र रहेका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरु एवं शिक्षण संस्थाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।’
चितवनका थारु समुदायहरुमा अहिले जितियाको रौनक छाइसकेको छ । असोज १ र २ गते थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउँदै छन् । माडी नगरपालिकामा थारु समुदायको बाहुल्यता रहेको छ ।