चितवनमा बाल दिवसको अवसरमा बाल संगठन सप्ताहव्यापी कार्यक्रम
न्युजभित्तो/३० भाद्र २०७९, बिहीबार १३:०५
चितवन,भदौ ३०। नेपाल बाल संगठन (बालमन्दिर) चितवनले आफ्नो स्थापना दिवस तथा ५८ औँ बालदिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । संगठनले भदौ २६ गतेदेखि नै सप्ताहव्यापी रुपमा बालबालिका केन्द्रित विषयमा अन्तरक्रिया तथा सहयोगको कार्यक्रम आयोजना गरेको हो ।भदौ २६ गते रत्ननगर नगरपालिका स्तरीय राजनीतिक दल तथा सरोकारवालाहरुसँग राजनीति कार्यक्रमहरुमा बालबालिकाको प्रयोग विषयमा छलफल कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख सहित सो क्षेत्रमा क्रियाशिल राजनीतिक दल, शिक्षक तथा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरुले दलहरुले बालबालिकालाई राजनीतिक कार्यक्रममा सहभागि नगराउने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।
संगठनका सभापति रवि किरण पौडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको संयोजन संगठनका सदस्य यशोदा अधिकारीले गरेकी थिइन् । संगठनका सचिव मुकुन्द शर्मा विडारीले बालबालिकाहरुलाई राजनीतिक दलले प्रयोग गर्दा उनीहरुको भविष्यमा असर गर्ने भएकोले संगठनले दलहरुलाई जिम्मेवार बनाउन कार्यक्रम गरिएको जानकारी दिए ।
त्यसैगरि संगठनले २८ गते मंगलबार देवघाट स्थित रामजानकी बालिका आश्रमका बालबालिकालाई बिहानको भोजन गराएको छ । संरक्षण गर्ने व्यक्तिको अभावमा रहेका ३६ जना आश्रित बालिकालाई संगठनले भोजन गराएको हो । उक्त कार्यक्रम संगठनका उपाध्यक्ष गुरुचन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । भने, रामजानकी बालिका आश्रमकी सञ्चालक सावित्री टण्डनले बाल संगठनलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
त्यसैगरी सोही दिन संगठनले बालमन्दिर परिसरमा रहेको अटिजम विशेष विद्यालयका बालबालिकालाई दिउँसोको खाजा खुवाएको थियो । संगठनका सभापति रवि किरण पौडेलले सरकारी स्तरमा सञ्चालित नेपाको एकमात्रै विद्यालय अटिजम विशेष विद्यालय रहेको भन्दै संगठनकै पहलमा सञ्चालित यस विद्यालयको लागि सहयोगको लागि अझ पहल गर्ने बताए ।
त्यसैगरि संगठनले चितवनको माडीमा रहेको मनमोहन बालग्रामम आश्रित ५१ जना बालबालिकालाई कपडा वितरण गरेको छ । उक्त आश्रममा सीमान्तकृत चेपाङ समूदायका बालबालिका धेरै छन् । आश्रममा आश्रित बालबालिकालाई नजिकिँदै गरेको चाडपर्वको लागि लक्षित गरेर कपडा वितरण गरिएको संगठनका सचिव मुकुन्द शर्मा बिडारीले बताए ।
कपडा वितरण कार्यक्रममा माडी वडा नम्बर ६ का वडाअध्यक्ष दीपेन्द्र पौडेल, संगठनका उपसभापति गुरुचन्द्र घिमिरे लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । नेपालमा भदौ २९ गते बाल संगठनको स्थापना दिवस तथा राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । यसपटक ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ ५८ औँ बाल दिवस मनाइएको छ ।