भरतपुर र नारायणगढ क्षेत्रमा केहि दिन विद्युत नियमित नहुने
न्युजभित्तो/३० भाद्र २०७९, बिहीबार ११:१२
चितवन,भदौ ३०। भरतपुर र नारायणगढ क्षेत्रमा अझै दुई दिन विद्युत सेवा नियमित नहुने भएको छ । सोमबारदेखि भरतपुर र नारायणगढका क्षेत्रमा घण्टौ सम्म लाइने जाने गरेको छ । विद्युत प्राधिकरण तीन दिनमा समस्या समाधान हुने बताएपनि आजदेखि नयाँ ट्रान्सर्फमर फेर्ने काम सुरु हुने भएकाले अझै समय लाग्ने भएको हो ।भरतपुरमा रहेको २२.५ एमभिए ट्रान्सर्फमर जलेपछि विद्युत वितरणमा समस्या भएको भरतपुर विद्युत वितरण केन्द्रले जानकारी दिएको छ । भरतपुर सव स्टेशनमा दुई थान २२.५ एमभिएका ट्रान्सर्फमर मध्ये एउटा जलेको प्राधिकरणले जनाएको छ । ट्रान्सर्फमर जलेपछि नारायणगढ र भरतपुर क्षेत्रमा आलोपालो गरेर विद्युत छाडिएको भरतपुर विद्युत वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । घण्टौं सम्म विद्युत अबरुद्ध हुँदा भरतपुर र नारायणगढ क्षेत्रका नागरिकले सास्ती भोग्नु परेको छ । अहिले बस कप्लर लगाई एकबाट सञ्चालन गर्नुपरेको पौडेलले बताए । भरतपुर १, भरतपुर २, औद्योगिक १, गणेशस्थान फिडर अहिले थ्री फेज ग्राहकको उल्टा फेज सिक्वन्स गरि केवल लाईटिङ्ग लोड मात्र संचालन भएको उनले जानकारी दिए । ट्रान्सर्फमर ओभरलोड भएको अबस्थामा अलोपालो फिडर काटिने छ । समय समयमा पानी परिरहेकाले काम ढिला भएको उनले जानकारी दिए । उनले अर्को ट्रान्सर्फमर संचालन नभए सम्म ठुला लोड खपत हुने वस्तु सञ्चालन नगरी सहयोग गर्न सेवाग्राहीलाई अनुरोध गरेका छन् ।
चितवन,भदौ ३०। भरतपुर र नारायणगढ क्षेत्रमा अझै दुई दिन विद्युत सेवा नियमित नहुने भएको छ । सोमबारदेखि भरतपुर र नारायणगढका क्षेत्रमा घण्टौ सम्म लाइने जाने गरेको छ । विद्युत प्राधिकरण तीन दिनमा समस्या समाधान हुने बताएपनि आजदेखि नयाँ ट्रान्सर्फमर फेर्ने काम सुरु हुने भएकाले अझै समय लाग्ने भएको हो ।भरतपुरमा रहेको २२.५ एमभिए ट्रान्सर्फमर जलेपछि विद्युत वितरणमा समस्या भएको भरतपुर विद्युत वितरण केन्द्रले जानकारी दिएको छ । भरतपुर सव स्टेशनमा दुई थान २२.५ एमभिएका ट्रान्सर्फमर मध्ये एउटा जलेको प्राधिकरणले जनाएको छ । ट्रान्सर्फमर जलेपछि नारायणगढ र भरतपुर क्षेत्रमा आलोपालो गरेर विद्युत छाडिएको भरतपुर विद्युत वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।
घण्टौं सम्म विद्युत अबरुद्ध हुँदा भरतपुर र नारायणगढ क्षेत्रका नागरिकले सास्ती भोग्नु परेको छ । अहिले बस कप्लर लगाई एकबाट सञ्चालन गर्नुपरेको पौडेलले बताए । भरतपुर १, भरतपुर २, औद्योगिक १, गणेशस्थान फिडर अहिले थ्री फेज ग्राहकको उल्टा फेज सिक्वन्स गरि केवल लाईटिङ्ग लोड मात्र संचालन भएको उनले जानकारी दिए । ट्रान्सर्फमर ओभरलोड भएको अबस्थामा अलोपालो फिडर काटिने छ । समय समयमा पानी परिरहेकाले काम ढिला भएको उनले जानकारी दिए । उनले अर्को ट्रान्सर्फमर संचालन नभए सम्म ठुला लोड खपत हुने वस्तु सञ्चालन नगरी सहयोग गर्न सेवाग्राहीलाई अनुरोध गरेका छन् ।