सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखी ७ सय बढि सुरक्षाकर्मी खटाइने


  •    न्युजभित्तो/२९ भाद्र २०७९, बुधबार १५:५७ 
  • चितवन,भदौ २९। जिल्ला प्रहरी कार्यालय चितवनमा  नजिकिदै गरेको चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ तिहार र छठ पर्वलाई लक्षित गरेर मंगलबार सार्वजनिक गरिएको योजनामा लुटपाट, डकैती, सवारी दुर्घटना, चोरी, मादक पदार्थ सेवन गरी हो हल्ला, झै–झगडा, गुण्डागर्दी जस्ता अपराधिक गतिविधि नियन्त्रण गर्ने जनाइएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले चाडपर्वमा आमनागरिकको सुरक्षाका लागि जिल्लामा ७०० भन्दा सुरक्षाकर्मी खटाईने बताउनुभयो । उहाँले विशेष योजनाअन्तर्गत १४६ जनशक्ति खटाइने छ । जसमा क्युआरटी परिचालनमा २८, अस्पताल रेस्क्यु टिममा चार, ट्राफिक र कुकुरसहितको संयुक्त चेकिङमा १२, सीमा नाकामा चोरीसिकारी नियन्त्रण गर्न चार, मोबाइल गस्तीमा ११, पैदल गस्तीमा आठ, पिकेट ड्युटीमा ३१ र राजमार्ग स्कर्टिङ तथा बेसमा पाँच जनशक्ति खटाइनेछ ।

    त्यस्तै, चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने, बैंक तथा वित्तीय संस्था र सुनचाँदीको कारोबार हुने स्थानमा आठ, बजार अनुगमनमा दुई, सादा पोसाकमा नौ, कर्डन एण्ड सर्चमा एक, एम्बुसमा चार, मापसे चेकिङसहित नियमित चेक प्वाइन्टमा चार र लामो दूरीका गाडीमा विशेष चेकिङ गर्न सात जना सुरक्षाकर्मी खटाउने जिल्ला प्रहरी कार्यालयको योजना छ । अवैध घरेलु मदिरा नियन्त्रणका लागि पनि प्रहरी परिचालन गरिने अधिकारीले बताउनुभयो ।

    लामो दूरीमा चल्ने सवारी साधनहरुमा प्रहरी परिचालन समेत गरिन अधिकारीले बताउनुभयो । साथै प्रहरीले योजना सफल पार्नका लागि घरदैलो कार्यक्रम, टोल सुधार समितिसँग सहकार्य, स्थानीय तहसँग समन्वय, पर्चा–पम्प्लेट तथा जिङ्गलहरुको माध्यमबाट प्रचारप्रसार र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सचेतनाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.