नेपाल-भारत बैठकः बाराको अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
न्युजभित्तो/२९ भाद्र २०७९, बुधबार १५:४२
चितवन,भदौ २९। नेपाल र भारतबीच बाराको अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोतिहारिदेखि चितवनसम्म एलपीजी पाइपलाइन विस्तार तीव्र रुपमा विस्तार गरिने सहमति भएको छ । भारतको नयाँ दिल्लीमा बुधबार सम्पन्न द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकले चितवनसम्म दुवै पाइपलाइन निर्माण गर्ने कार्यलाई तीव्रता दिने सहमति गरेको हो ।दुवै देशका परराष्ट्रसचिवबीच भारतको हैदराबाद हाउसमा भएको बैठकमा भारतका लागि नेपालका राजदूत शंकर शर्मा पनि सहभागी थिए । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त वार्तामा नागरिक नागरिकबीचको सम्बन्ध सुदृढीकरणका लागि रामायण सर्किटको परियोजना प्रस्तावमा छिटो अगाडि बढाउन दुवै पक्ष सहमत भएका छन् ।
द्विपक्षीय बैठकका लागि भारतका विदेशसचिव विनय मोहन क्वात्राको निमन्त्रणामा नेपालका परराष्ट्रसचिव मंगलबार भारतको राजधानी नयाँदिल्ली गएका थिए । मंगलबार नै उनीहरूबीच भएको द्विपक्षीय बैठकमा आर्थिक र व्यावसायिक सहयोग, कनेक्टिभिटी, विकास सहयोग, व्यापार, संस्कृति र नागरिक-नागरिकबीचको सम्बन्धलगायत विषयमा द्विपक्षीय सहयोगको सम्पूर्ण पक्षहरूमाथि समीक्षा भएको बताइएको छ ।