चितवनमा मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक व्यक्ति पक्राउ
न्युजभित्तो/२९ भाद्र २०७९, बुधबार ११:२१
चितवन,२९ भाद्र। चितवन प्रहरीले मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका ७ स्थायी घर ठेगाना भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ५ बस्ने ४८ वर्षीय खेम प्रसाद भट्टराई रहेका छन् । उनलाई भाद्र २७ गते सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनले म्याग्दी वेनी नगरपालिका १० स्थायी घर भई हाल चितवनको भरतपुर महानगरापालिका २ गोलाघाटमा बस्दै आएकी महिलालाई कुबेत पठाईदिन्छु भनी भारत पुर्याउन लागेका थिए । उनले ति महिलालाई महिनाको ५० हजार तलबमा भारत हुँदै कुबेत पठाईदिन्छु भनी ललाई फकाई बेचबिखन गर्ने मनसायले लैजादै गर्दा सोमबार बिहान १० बजे पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।पुलचोकमा संयुक्त रुपमा खटिएको जिल्ला प्रहरी कार्यालय चितवन तथा साना हातहरु नेपालको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ गरेका भट्टराईविरुद्ध मानव वेचविखन तथा ओसारपसार कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।