सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक व्यक्ति पक्राउ


  •    न्युजभित्तो/२९ भाद्र २०७९, बुधबार ११:२१ 
  • चितवन,२९ भाद्र। चितवन प्रहरीले मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका ७ स्थायी घर ठेगाना भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ५ बस्ने ४८ वर्षीय खेम प्रसाद भट्टराई रहेका छन् । उनलाई भाद्र २७ गते सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार उनले म्याग्दी वेनी नगरपालिका १० स्थायी घर भई हाल चितवनको भरतपुर महानगरापालिका २ गोलाघाटमा बस्दै आएकी महिलालाई कुबेत पठाईदिन्छु भनी भारत पुर्‍याउन लागेका थिए । उनले ति महिलालाई महिनाको ५० हजार तलबमा भारत हुँदै कुबेत पठाईदिन्छु भनी ललाई फकाई बेचबिखन गर्ने मनसायले लैजादै गर्दा सोमबार बिहान १० बजे पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।पुलचोकमा संयुक्त रुपमा खटिएको जिल्ला प्रहरी कार्यालय चितवन तथा साना हातहरु नेपालको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ गरेका भट्टराईविरुद्ध मानव वेचविखन तथा ओसारपसार कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.