सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा मोबाईल एपबाट ट्याक्सी, अटो र बाइक बोलाउन सकिने ‘सवारी’ सञ्चालनमा


  •    न्युजभित्तो/२७ भाद्र २०७९, सोमबार १८:३८ 
  • चितवन, २७ भदौ । जिल्लामा मोबाईल एपबाट बाइक,अटो र ट्याक्सी लगायतका सवारीसाधन बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । जी एण्ड जी ग्रुप प्रालिले चितवनमा ‘सवारी’ नामको एप मार्फत ट्याक्सी,अटो र बाइक सेवा प्रदान गर्न सुरु गरेको हो ।

    कम्पनीले चितवनमा पहिलो पटक एप मार्फत सवारीसाधन बोलाउन सकिने र गन्तव्यमा पुग्न सकिने सेवा सुरु गरेको हो । भरतपुर महानगरपालिका १० हाकिमचोकमा कार्यालय रहेको कम्पनीले सुरुवातको चरणमा ६० वटा सवारीसाधनबाट सेवा दिन थालेको छ । कम्पनीका संस्थापक शेरबहादुर साहले यात्रुहरुले आजैदेखि एप डाउनलोड गरेर सेवा लिन सक्ने बताउनुभयो । यात्रुले एपमा गएर सवारी छनोट गरेपछि आफ्नो गन्तव्यसम्मको भाडा दर समेत जानकारी पाउने छन् ।

    यात्रुको लागि ५ लाखसम्मको दुर्घटना बीमा र ५० हजारसम्मको मेडिकल बीमा गरिएको कम्पनीले जनाएको छ । सवारी बुक नगरी यात्रा गर्नेहरुको लागि भने कम्पनी जिम्मेवार नहुने साहले बताउनुभयो ।

    यात्रुले सवारीसाधन बुक गरेको पाँच मिनेट भित्र सेवा पाउने कम्पनीका सह–संस्थापक रोहित यादवले बताउनुभयो । सवारीको सेवा २४सैं घण्टा संचालन हुनेछ । भाडादर बाइकको प्रति किलोमिटर २० रुपैँया, अटोको प्रति किलोमिटर ४५ रुपैँया र ट्याक्सीको प्रति किलोमिटर ५५ रुपैँया तोकिएको छ । कम्पनीले सवारीसाधन भएका चालकहरुले सवारी ड्राइभर एप डाउनलोड गरी निःशुल्क दर्ता गर्न सक्नेछन् । प्रति महिना चालकले ५० हजारभन्दा बढी कमाउन सक्ने कम्पनीको दाबी छ । कम्पनीले काठमाडौं, पोखरा, बुटवल र भैरहवापछि चितवनमा सेवा विस्तार गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.