सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा ३० फिट अग्लो मूर्ति निर्माण हुँदै,क्षेत्र विकास समितिले जग्गा उपलब्ध गरायो


  •    न्युजभित्तो/२६ भाद्र २०७९, आईतवार ११:०४ 
  • चितवन,भदौ २६।  प्रसिद्ध धार्मिक स्थल देवघाटधाममा अष्टधातुबाट ३० फिट अग्लो भगवान शिवको मूर्ति निर्माण गरिने भएको छ । मूर्ति निर्माणका लागि ठाउँको पहिचान गरी देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनलाई जग्गा उपलब्ध गराएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले बताउनुभयो ।देवघाट क्षेत्र विकास समितिको डिपिआरमा समावेश भए बमोजिमको जमिनको चार किल्ला निर्धारण गरी देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनलाई जमिन उपलब्ध गराइएको भन्दै घिमिरेले अब छिट्टै मूर्तिको शिलान्यास गर्ने तयारी भएको जानकारी दिनुभयो । प्रदेश सरकारले निर्माण गरेको देवघाटधामको डिपिआरमा ३० फिट अग्लो अष्टधातुको शिवको मूर्ति पनि समावेश भएकाले त्यही डिपिआरमा समावेश भएको चितवनतर्फ रोटरी वृद्धाश्रम तलको नदी किनारको स्नानघाट छेउको जग्गामा मूर्ति निर्माण हुनेछ उहाँले बताउनुभयो । जमिनको चार किल्ला निर्धारण गर्न डिपिआर निर्माण गर्ने कन्सल्टेन्ट कम्पनीको टोलीनै आएर काम गरेको घिमिरेले बताउनुभयो ।

    विश्वमै नभएको अष्टधातुको मूर्ति देवघाटमा निर्माण भएसँगै यसले देवघाटको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उर्जागर गर्ने घिमिरेको भनाइ छ । मूर्ति निमार्णका लागि बागमती प्रदेश सरकार, भरतपुर महानगर, देवघाट क्षेत्र विकास समिति तथा दाताहरुले सहयोग गरेको आयोजक संस्था देवघाटधाम संरक्षण प्रतिष्ठानका अध्यक्ष ढुन्डिराज सिलवालले बताउनुभयो । मूर्ति निर्माणमा रु ६ करोड खर्च हुने अनुमान रहेको र दाताहरुलाई सहयोगको अपिल गरिएको उहाँको भनाइ छ ।

    देवघाटधाममा निर्माण हुने मूर्तिको उचाई ३० फिटको हुनेछ भने मोटाई आठ फिटको रहने छ । मूर्ति निर्माणमा तीन हजार किलो तामा, दुई हजार किलो पित्तल, २०० किलो जस्ता, २५ किलो काँस, ३० किलो सिसा, ५०० ग्राम चाँदी, ५०० ग्राम सुन, १० किलो फलाम प्रयोग हुने अध्यक्ष सिलवालले जानकारी दिनुभयो । वैदिक धर्मको आदर्श परम्परा अटल राखेर हिन्दुत्वको महत्वलाई स्थापित गराउँदै पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्य सहित मूर्ति निर्माण गर्न लागिएको हो । यो महान् र पूण्य काम भएकाले सबै मिलेर यसलाई पूर्णता दिनुपर्ने प्रतिष्ठानको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.