सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको इच्छाकामनामा बस र विङगर आपसमा ठोक्किदा एकको मृत्यु


  •    न्युजभित्तो/६ श्रावण २०७९, शुक्रबार ११:२५ 
  • चितवन,६ श्रावण।  चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा बस र विङगर गाडी आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा विङगर चालक रुपन्देहीको बुटवल नगरपालिका २ का २५ वर्षीय कमल दर्जी रहेका छन् । बिहीबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते दर्जीको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    दुर्घटनामा १९ जना घाइते भएका थिए । उनीहरु मध्ये रुपन्देहीको देबदह गाउँपालिका २ का २२ वर्षीय शिव सारु, नवलपुरको गैडाकोट नगरपालिका २ की १२ वर्षीय नुतन ढकाल उपचारपछि डिस्चार्ज भएका छन् । अन्यको उपचार भइरहेको छ ।

    बिहीबार साँझ ७:२० बजे चुम्लिङटारस्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको विङगर आपसमा ठोक्किएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.