सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको इच्छाकामनामा बस र विङगर आपसमा ठोक्किदा एकको मृत्यु


  •    न्युजभित्तो/६ श्रावण २०७९, शुक्रबार ११:२५ 
  • चितवन,६ श्रावण।  चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा बस र विङगर गाडी आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा विङगर चालक रुपन्देहीको बुटवल नगरपालिका २ का २५ वर्षीय कमल दर्जी रहेका छन् । बिहीबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते दर्जीको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    दुर्घटनामा १९ जना घाइते भएका थिए । उनीहरु मध्ये रुपन्देहीको देबदह गाउँपालिका २ का २२ वर्षीय शिव सारु, नवलपुरको गैडाकोट नगरपालिका २ की १२ वर्षीय नुतन ढकाल उपचारपछि डिस्चार्ज भएका छन् । अन्यको उपचार भइरहेको छ ।

    बिहीबार साँझ ७:२० बजे चुम्लिङटारस्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको विङगर आपसमा ठोक्किएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.