सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा वन क्षेत्रको जग्गा प्रयोग गर्नेले वार्षिक ४० लाखसम्म तिर्नुपर्ने


  •    न्युजभित्तो/५ श्रावण २०७९, बिहीबार १६:५७ 
  • चितवन, साउन ५। चितवनमा वन क्षेत्रको जग्गा प्रयोग गर्नेले प्रति हेक्टर वार्षिक ४० लाख रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।

    वन मन्त्रालयले यसअघिको २०५१ को वन नियामवलीलाई खारेज गरेर नयाँ नियामवली जारी गरी नयाँ व्यवस्था गरेको हो ।

    चितवन जिल्ला भित्री मधेसमा पर्ने भएकोले चुरे तथा भित्री मधेश प्रदेशमा रुख भएको वन क्षेत्र प्रयोग गरेवातपत ४२ लाख रुपैयाँ, झाडी तथा बुट्यान क्षेत्रको ३५ लाख रुपैयाँ र पहाडी तथा हिमाली क्षेत्रको रुख भएको जग्गाको ३० लाख रुपैयाँ र झाडी बुटुयान तथा खाली क्षेत्र प्रयोग गरेमा प्रति हेक्टर २८ लाख रुपैयाँ तिर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

    डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले नयाँ नियमावलीले काठको ग्रेडिङमा हेरफेर गर्दै वनपैदावार र गोलियाको मूल्यमा केही परिवर्तन ल्याएको बताए । नियमावलीअनुसार सालको काठलाई ‘ए’ लाई १००० रुपैयाँ प्रतिघनमिटर, ‘बी’ ७०० प्रतिघनमिटर, सी ५०० रुपैयाँ प्रतिघनमिटर र डी २५० रुपैयाँ तोकेको छ । त्यसैगरी जंगली सिसौं प्रतिघनमिटर ‘ए’ लाई १००० रुपैयाँ, बी लाई ८०० रुपैयाँ, सी ५०० रुपैयाँ र डीलाई ३०० रुपैयाँ मूल्य तोकिएको छ ।

    पुरानो नियामवलीमा वन क्षेत्र प्रयोग गरेको रकम सरकारलाई तिर्नुपर्ने व्यवस्था थिएन । तर, अहिलेको नयाँ नियामवलीअनुसार प्रयोग गरेको वन क्षेत्रको वार्षिक रुपमा रकम बुझाउनुपर्ने वन तथा भू–संरक्षण विभागले जनाएको छ । त्यसैगरी, सरकारले कबुलियती वनको रोयल्टीको प्रतिहेक्टर वार्षिक १० प्रतिशत रहेको उल्लेख छ ।

    जसमा वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्न, वृक्षरोपन गरी वन पैदावरको उत्पादनमा वृद्धि गरी बिक्री वितरण गर्न, वन संरक्षण र विकास हुने गरी कृषि वन बाली सञ्चालन गर्न हिमाली क्षेत्रको १२ सय, पहाडी क्षेत्रको २५ सय, तराई तथा भित्री मधेसको ४ हजार, काठमाडौं उपत्यकाको भने ५ हजार रुपैयाँ प्रतिहेक्टर रोयल्टी तोकेको छ ।

    सरकारले वनको संरक्षण र विकास हुने गरी पशु फर्म सञ्चालन गर्न हिमाली क्षेत्रमा २ हजार, पहाडी क्षेत्रमा ५ हजार रुपैयाँ र वनको संरक्षण र विकास हुने गरी कीट पतंग तथा वन्यजन्तुको फार्म सञ्चालन गर्न हिमाली क्षेत्रको ३ हजार, पहाडी क्षेत्रको ६ हजार, तराई तथा भित्री मधेस क्षेत्रको ८ हजार र काठमाडौं उपत्यकाको १० हजार रुपैयाँ प्रतिहेक्टर रोयाल्टीको व्यवस्था गरेको छ ।

    साथै, वन संरक्षण र विकास हुने गरी पर्यटन व्यवसाय वा उद्यान सञ्चालन गर्न हिमाली क्षेत्रको १० हजार, हिमाली क्षेत्रको १५ हजार, तराई तथा भित्री मधेस क्षेत्रको ३० हजार र काठमाडौं उपत्यकाको ५० हजार रुपैयाँ कबुलियती वनको रोयल्टी प्रतिहेक्टर तोकेको छ ।

    काठमाडौं उपत्यका र प्रदेश राजधानीको रुख भएको वन क्षेत्र प्रयोग गर्नेले वार्षिक ८० लाख रकम सरकारलाई तिर्नुपर्ने व्यवस्था गरेको छ । वन तथा वातावरण मन्त्रालयको तयार पारेको नयाँ वन नियमावलीमा रुख भएको वन क्षेत्र (२० प्रतिशतभन्दा बढी छत्र घनत्व भएको) १ हेक्टर जग्गा प्रयोग गर्नेले ८० लाख रुपैयाँ रकम बुझाउनुपर्ने व्यवस्था गरेको हो ।

    तराई क्षेत्रको रुख भएको वन क्षेत्र प्रयोग गरेमा ३५ लाख रुपैयाँ र झाडी बुट्यान तथा खुला वन क्षेत्र प्रयोग गरेमा ३० लाख रुपैयाँ प्रतिहेक्टर तिर्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.