सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ठोरी आसपासमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह


  •    न्युजभित्तो/५ श्रावण २०७९, बिहीबार ११:२० 
  • ठोरी,५ श्रावण। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ ।

    भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।सतर्कतका मध्यान्ह १२ बजेसम्म अपनाउन पर्ने महाशाखाले जनाएको छ ।

    महाशाखाले भनेको छ, ‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी बर्षा मापन भएको छ । सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुवान भईरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔं ।’

    वर्षासँगै ठुटे खोलामा आएको बाढीले कटान सुरु गरेको छ । स्थानीय सञ्चारकर्मी चिरञ्जिवी सापकोटाका अनुसार गए रातिदेखि नै आएको बढीले २० मिटर कटान गरेको छ । बाढीले कटान गर्दा पनि स्थानीय सरकार मौन बसेको स्थानीयको गुनासो छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.