चितवन,१ श्रावण। भरतपुरमा कारको ठक्करबाट गम्भीर घाइते एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर गाउँपालिका ७ का २४ वर्षीय अमरेश कुमार कुशवाह रहेका छन् । शनिबार भरतपुर महानगरपालिका १० स्याउली बजारमा विमानस्थलबाट बाइपास रोडतर्फ जाँदै गरेको बा १३ च २३७६ नम्बरको कारले टेलिकम चोकबाट हाकिमचोकतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च ७५५४ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट भ्यानका चालक कुशवाह गम्भीर घाइते भएका थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।