सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजबाट काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्याउन अनिवार्य


  •    न्युजभित्तो/१ श्रावण २०७९, आईतवार १३:१७ 
  • काठमाडौँ,१ श्रावण। काठमाडौं महानगरपालिकामा आजबाट कुहिले र नकुहिने फोहोर छुट्याएर उठाइने भएको छ । फोहोर व्यवस्थापनलाई सहज बनाउन यस्तो निर्णय भएको महानगर प्रमुख बालेन्द्र शाहले बताउनुभएको छ । 

    एकैछिनको सजिलोका लागि हामीले फोहोरा मिसाउने गर्दा निकै समस्या परेको शाहको भनाइ छ । 

    शनिबार राति फेसबुकमा पोस्ट गर्दै महानगर प्रमुख शाहले साउन १ गतेबाट फरक सुरुवात गर्न लागेको जानकारी दिनुभएको छ । उहाँका अनुसार आजबाट कुहिने र नकुहिने फोहोर संकलन गर्न छुट्टा–छुट्टै दिन गाडी आउनेछन् । 

    फोहोर व्यवस्थापन गर्न नसक्दा यसकै कारण धेरै व्यक्तिहरु रोगी भएकाले उहाँको भनाइ छ । 

    ‘हामीले उत्पादन गरेको फोहोरको कारण मानिसहरु रोगी र लगभग नारकी जीवन भोगिरहेका छन्’ शाहले भन्नुभएको छ,  ‘यसलाई रोक्ने जिम्मेवारी तपाई हाम्रै हो ।’

    फोहोर छुट्याउन झन्झट नमान्न र महानगरको योजनामा सहयोग गर्ने शाहले आग्रह गर्नुभएको छ । 

    महानगरका कतिपय ठाउँमा भने असार २५ बाटै कुहिने र नकुहिने फोहोर छुट्याएर उठाउन थालिएको छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.