सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार कुटपिट गर्ने विद्युतका कर्मचारीलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग


  •    न्युजभित्तो/३२ असार २०७९, शनिबार १०:१० 
  • चितवन, ३२ असार । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गर्ने विद्युतका कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । महासंघका सचिव दिपेन्द्र अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी घटनाको घोर भत्र्सना गरेको हो ।

    जारी विज्ञप्तिमा भनिएको छ “नेपाल पत्रकार महासंघ चितवनका सदस्य कृष्ण आचार्यमाथि मिति २०७९ असार ३१ गते नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुद्वारा भएको सांघातिक आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ चितवन शाखा घोर भत्र्सना गर्दछ ।”

    “कार्यालयको मूल गेट बन्द गरेर पत्रकार आचार्यलाई नियन्त्रणमा लिई उहाँको मोवाइलसमेत कब्जामा लिएर लछारपछार एवं कुटपिट गरिएको घटना अक्षम्य हो ।” विज्ञप्तिमा भनिएको छ “कार्यालयभित्र कर्मचारीहरुले मदिरा सेवन गरी होहल्ला गरेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलनका लागि जाँदा पत्रकार आचार्यमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रशासन समक्ष जोडदार माग गर्दछौं ।”

    महासंघले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सम्बन्धित सबैमा ध्यानाकर्षण समेत गराएको छ ।           

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.