सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार कुटपिट गर्ने विद्युतका कर्मचारीलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग


  •    न्युजभित्तो/३२ असार २०७९, शनिबार १०:१० 
  • चितवन, ३२ असार । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गर्ने विद्युतका कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । महासंघका सचिव दिपेन्द्र अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी घटनाको घोर भत्र्सना गरेको हो ।

    जारी विज्ञप्तिमा भनिएको छ “नेपाल पत्रकार महासंघ चितवनका सदस्य कृष्ण आचार्यमाथि मिति २०७९ असार ३१ गते नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुद्वारा भएको सांघातिक आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ चितवन शाखा घोर भत्र्सना गर्दछ ।”

    “कार्यालयको मूल गेट बन्द गरेर पत्रकार आचार्यलाई नियन्त्रणमा लिई उहाँको मोवाइलसमेत कब्जामा लिएर लछारपछार एवं कुटपिट गरिएको घटना अक्षम्य हो ।” विज्ञप्तिमा भनिएको छ “कार्यालयभित्र कर्मचारीहरुले मदिरा सेवन गरी होहल्ला गरेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलनका लागि जाँदा पत्रकार आचार्यमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रशासन समक्ष जोडदार माग गर्दछौं ।”

    महासंघले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सम्बन्धित सबैमा ध्यानाकर्षण समेत गराएको छ ।           

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.