सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार आचार्यमाथि भएको आक्रमणको प्रेस चौतारीद्वारा निन्दा, दोषीलाई कारवाहीको माग


  •    न्युजभित्तो/३२ असार २०७९, शनिबार ०९:३६ 
  • चितवन, ३२ असार । पत्रकार कृष्ण आचार्यमाथि भएको सांघातिक आक्रमणको प्रेस चौतारी नेपाल चितवन शाखाले निन्दा र भत्र्सना गर्दै कारवाहीको माग गरिएको छ । शाखा अध्यक्ष सुवास पण्डितद्वारा आज जारी विज्ञप्तिमा ज्यान मार्ने उद्देश्यले गरिएको सांघातिक आक्रमणको निन्दा गरिएको हो ।

    विज्ञप्तिमा सरकारी कार्यालय भित्र मदिरासहितको भोजभतेर भएको सूचनाका आधारमा समाचार संकलनका लागि पुगेका पत्रकार आचार्यमाथि कार्यालय प्रमुख राजिव सिंहको निर्देशनमा मदिराले मातेका कर्मचारीहरुले ज्यानै लिने गरी आक्रमण गरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “विद्युतका कर्मचारीहरुले आचार्यलाई नियन्त्रणमा लिएर कुटपिट गर्नुका साथै लुगा च्याँतेर अर्ध नग्न बनाएर मोवाइल खोसेका थिए । उनीहरुको पञ्जाबाट फुत्किएर ज्यान जोगाउन गेटतर्फ भाग्दै गर्दा कार्यालय प्रमुख सिंहको आदेशमा गेटसमेत बन्द गरेपछि आचार्य पर्खाल नाघेर नजिकै रहेको चितवन पोष्टको अफिसमा ज्यान जोगाउन पुगेका थिए । पर्खाल नाघेर भागेका आचार्यलाई आक्रमणकारीले गेट खोली लखेट्दै चितवन पोष्ट दैनिकको कार्यालयसम्म पुगेका थिए ।”

    आचार्यको जफत गरिएको मोवाइल अहिलेसम्म पनि प्राधिकरणका कर्मचारीहरुको नियन्त्रणमा रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ “दिनभर भरतपुर क्षेत्रका जनतालाई मर्मतको नाउँमा लोडसेडिङ्गमा राखेर कार्यालयमा मदिरासहितको भोजभतेर गर्ने र पत्रकार माथि कुटपिट गर्ने घटनामा संलग्न कर्मचारीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारर्वाहीको माग गर्दछौं ।”

    पत्रकारमाथि कुटपिटको निर्देशन दिने, कुटपिटमा संलग्न कर्मचारी जोगाउने, चितवनवासी जनतालाई दिनहुँ लोडसेडिङ्गमा राख्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहलाई विभागीय कारर्वाहीका लागि समेत चौतारीले जोडदार माग गरेको छ ।

    आउँदा दिनमा संविधान पदत्त प्रेस स्वतन्त्रताको हकबाट बञ्चित नगर्न, नगराउन सम्वन्धित पक्षको ध्यानार्कषण समेत विज्ञप्तिमा गराईएको छ ।

    प्रेस चौतारी चितवन शाखाका उपाध्यक्ष एवं नारायणी अनलाईन र सञ्चारपत्र दैनिकका संचालक पत्रकार आचार्यलाई शुक्रबार विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको कार्यालय परिसरमै कुटपिट भएको थियो ।

    शुक्रबार अपरान्ह कार्यालय भित्रै मदिरा सहितको भोजभतेर गरिरहेको खबर पाएपछि आफू समाचार संकलनका लागि त्यहाँ पुगेको आचर्यले बताउनुभयो । सोही समयमा मदिराले मातेका कर्मचारीहरुले मदिरा सेवन गरिरहेको फोटो किन खिचेको भन्दै आफूमाथि आक्रमण गरेको उहाँले बताउनुभयो ।
    ५/७ जनाको एक समूहले आक्रमण गर्न थालेपछि पर्खाल नाघेर ज्यान जोगाउन सफल भएको उहाँले बताउनुभयो ।
    यसैबीच घटनामा संलग्न कार्यालयका एक जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । राती ११ बजे एक कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.