चितवनको भरतपुर देखि लमजुङको उदीपुरसम्म जोड्ने प्रसारण लाइन निर्माण सुस्त गतिमा
न्युजभित्तो/३१ असार २०७९, शुक्रबार १६:४०
लमजुङ,असार ३१। मस्र्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदीपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेको छ । निर्माण सम्पन्न गर्नुपर्ने गत जुन महिनासम्म भए पनि यस आयोजनाको निर्माण अझै ४० प्रतिशत बाँकी छ । आयोजनाका उदीपुर–भरतपुरका डिभिजन प्रमुख नारायण रेग्मीले भन्नुभयो, “विविध कारणले गर्दा निर्धारित समयमा काम सम्पन्न भएन”, कामसमेत ढिलासुस्ती भइरहेको छ । हालसम्म ६० प्रतिशतको हाराहारीमा मात्र निर्माण सम्पन्न भएको उहाँको भनाइ थियो । छयत्तर किलोमिटर दूरी रहेको लमजुङको उदीपुरदेखि चितवनको भरतपुरसम्म प्रसारण लाइन पु¥याउन १९३ वटा टावर आवश्यक पर्ने आयोजनाले जनाएको छ ।
यीमध्ये हालसम्म १८ वटा टावर निर्माण भइसकेको छ भने, ५५ वटा टावरको जग तयार गर्ने काम भइरहेको आयोजना प्रमुख रेग्मीले बताउनुभयो । उक्त टावरमध्ये लमजुङतर्फ ४५ र तनहुँतर्फ १० वटा टावर उठाउने काम भइरहेको छ । अठार वटा खडा भएको टावरमध्ये १७ वटा उदीपुरदेखि मध्मस्र्याङ्दी र एकवटा लमजुङकै फूलबारीमा निर्माण भइसकेको छ ।