फोहोर व्यवस्थापनमा बार्षिक २ करोड खर्चिने भरतपुर महानगरको फोहोर सबै नारायणी किनारमा
न्युजभित्तो/३१ असार २०७९, शुक्रबार १५:३२
चितवन,असार ३१। भरतपुर महानगरपालिकाले वातावरण व्यवस्थापनमा आर्थिक बर्ष २०७७÷७८ मा २ करोड खर्च गरेको छ । महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनले व्यवस्थित रुपमा फाहोर व्यवस्थापन नभएको भन्दै महानगरपालिकालाई ल्याण्डफिल साइट निर्माण गर्न भनेको छ ।
भरतपुर महानगरपालिकाले २४ नम्वर वडा स्थित छेर्थालिङ गुम्बा नजिक रहेको चिहान डाँडाको धु्रब ल्याण्डफिल साइटमा जेठदेखि पुससम्म २९ वटै वडाको फोहोरमैला विसर्जन गर्दै आएकोमा पहुँच मार्ग मर्मत लागत बढ्न गएका कारण माघबाट भरतपुर ३ स्थिन नारायणी नदी किनार नजिकै क्षेत्रमा फाल्ने गरिएको प्रतिबेदनमा उल्लेख छ । यसरी सहरी फोहोर नदीमा विसर्जन गर्ने कार्यले जलचर लगायत रोगको प्रकोप फैलन सक्ने भएकाले ल्याण्डफिल साइट स्थापना गरी फोहोर मैला विसर्जन व्यवस्थापन गर्न महालेखाले भनेको छ ।
वस्तुगत विवरण पुस्तिका २०७७ मा उल्लेख भए अनुसार महानगरपालिकामा प्रतिदिन ६ हजार ५ सय घनमिटर फोहोर उत्पादन हुने गरेकोमा जैविक फोहोर ५०, प्लाष्टिक ३०, कागज ७, शिशा ३, धातु ५, छाला रबर ३ तथा अन्य फोहोर २ प्रतिशत रहने गरेको छ ।