सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिकाका आठ विद्यार्थीलाई छात्रवृत्ति वितरण


  •    न्युजभित्तो/३१ असार २०७९, शुक्रबार १४:०८ 
  • चितवन,असार ३१। भरतपुर महानगरपालिकाले स्नातक र स्नातकोत्तर अध्ययन गर्दै गरेका आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा अपाङ्ग, लोपोन्मुख, अतिसिमान्तकृत, दलित र शहीद परिवारका विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । प्राविधिक शिक्षातर्फ ती तहमा अध्ययन गर्दै गरेका ५० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने महानगरको कार्यक्रम रहेको भए पनि पहिलो वर्ष आठ जनाले मात्रै छात्रवृत्तिका लागि आवेदन दिएका थिए ।

    छात्रवृत्ति प्रदान गर्नुहुँदै महानगर प्रमुख रेनु दाहालले शिक्षाको पहुँचबाट कोही वञ्चित बन्नु नपरोस् भन्ने उद्देश्यका साथ महानगर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पढाइमा प्रोत्साहन दिने उद्देश्यले छात्रवृत्ति प्रदान गरेका हौं ।” विद्यार्थीले प्राविधिक शिक्षा उत्तीर्ण गर्दासम्म हरेक वर्ष यो छात्रवृत्ति प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

    महानगरपालिकाले लोपोन्मुख र सीमान्तकृत समुदायका ६९२ विद्यार्थीलाई वार्षिक रु तीन हजारका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरभित्र रहेका संस्थागत विद्यालयमा अध्ययनरत २३९ विद्यार्थीले पूर्ण छात्रवृत्ति प्रदान गरेर कक्षा ११ र १२ मा अध्ययन गर्दै आएको जानकारी दिनुभयो । महानगरलाई शिक्षाको केन्द्र बनाउने उद्देश्यले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.