सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिकाका आठ विद्यार्थीलाई छात्रवृत्ति वितरण


  •    न्युजभित्तो/३१ असार २०७९, शुक्रबार १४:०८ 
  • चितवन,असार ३१। भरतपुर महानगरपालिकाले स्नातक र स्नातकोत्तर अध्ययन गर्दै गरेका आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा अपाङ्ग, लोपोन्मुख, अतिसिमान्तकृत, दलित र शहीद परिवारका विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । प्राविधिक शिक्षातर्फ ती तहमा अध्ययन गर्दै गरेका ५० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने महानगरको कार्यक्रम रहेको भए पनि पहिलो वर्ष आठ जनाले मात्रै छात्रवृत्तिका लागि आवेदन दिएका थिए ।

    छात्रवृत्ति प्रदान गर्नुहुँदै महानगर प्रमुख रेनु दाहालले शिक्षाको पहुँचबाट कोही वञ्चित बन्नु नपरोस् भन्ने उद्देश्यका साथ महानगर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पढाइमा प्रोत्साहन दिने उद्देश्यले छात्रवृत्ति प्रदान गरेका हौं ।” विद्यार्थीले प्राविधिक शिक्षा उत्तीर्ण गर्दासम्म हरेक वर्ष यो छात्रवृत्ति प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

    महानगरपालिकाले लोपोन्मुख र सीमान्तकृत समुदायका ६९२ विद्यार्थीलाई वार्षिक रु तीन हजारका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरभित्र रहेका संस्थागत विद्यालयमा अध्ययनरत २३९ विद्यार्थीले पूर्ण छात्रवृत्ति प्रदान गरेर कक्षा ११ र १२ मा अध्ययन गर्दै आएको जानकारी दिनुभयो । महानगरलाई शिक्षाको केन्द्र बनाउने उद्देश्यले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.