चितवन,असार ३१। मनसुनी प्रणाली कमजोर भएकाले अबको तीन दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।बर्खाको समय भएकाले केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि लगातारको झरी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो ।
केही दिनयता लगातारजसो पानी नपरे पछि गर्मी बढेको छ । विशेषगरी तराईमा गर्मीले जनजीवन प्रभावित भइरहेको छ । चितवनसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ ।