सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ५ करोडको लागतमा सरकारी वकिल कार्यालय निर्माण


  •    न्युजभित्तो/३० असार २०७९, बिहीबार ११:११ 
  • चितवन,असार ३०।  महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताउनुभएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय चितवनको नवर्निमित भवनको बुधबार उद्घाटन समारोहमा उहाँले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताउनुभएको हो । सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरुपणमा समस्या आउने उहाँको भनाइ थियो । अहिले न्यायालयप्रति जनताको आस्था कमजोर बन्दै गएकाले यसलाई जोगाउन लाग्नुपर्ने उहाँले बताउनुभयो ।

    पीडितले न्याय माग्न आए इन्कार गर्न नहुने उहाँले बताउनुभयो । अनुसन्धान फितलो हुँदा अभियोजनमा असर पर्ने भन्दै खातीले यसले न्यायमा समेत असर पर्ने बताउनुभयो । जनशक्तिको अभावका कारण छिटोछरितो न्याय दिन नसकिएको उहाँको भनाइ छ । उहाँले अहिलेको समयमा एक न्यायाधीश बराबर दुई जना सरकारी वकिल आवश्यक रहेको बताउनुभयो ।

    सो अवसरमा नायब महान्यायाधिवक्ता कृष्णजीवि घिमिरेले भौतिक पूर्वाधारसँगै जनशक्ति व्यवस्थापनका लागि गृहकार्य सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले जनशक्ति अभाव छ, यसलाई चाँडै नै पूरा गर्ने तयारीमा लागेका छौँ ।’ जिल्ला न्यायाधीश हेमन्त रावलले अहिले न्याय निरुपणका क्रममा प्रतिकूल बकपत्र समस्याको रुपमा रहेको बताउनुभयो ।

    पीडित असुरक्षित हुँदा प्रतिकूल बकपत्र आउने गरेको उहाँले बताउनुभयो । पीडित र आवश्यक प्रमाणको संरक्षण गरी न्याय क्षेत्रमा लाग्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उच्च अदालत हेटौँडाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ, सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता महेश खत्री, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष रामकृष्ण अधिकारी लगायतले बोल्नुभएको थियो ।

    विसं २०७६ माघ १४ गते शिलन्यास गरिएको सो कार्यालय भवनको बुधबार उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिका–१० मा १० कठ्ठा जग्गामा तीन तले भवन निर्माण गरिएको हो । रु चार करोड ९८ लाख ७१ हजार १४१ रकम बोलपत्र कबुल गरी हनुमान कन्ट्रक्सनसँग सम्झौता भई निर्माण सम्पन्न गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.