सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका जेष्ठ पत्रकारलाई मासिक चार हजारको दरले भत्ता


  •    न्युजभित्तो/२८ असार २०७९, मंगलवार १६:४५ 
  • चितवन, असार २८। भरतपुर महानगरभित्र  बसोबास गर्ने जेष्ठ पत्रकारले अब मासिक चार हजारका दरले भत्ता पाउने भएका छन् । भरतपुर महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि जेष्ठ पत्रकार निवृत्तिभरण कोष स्थापना गरेको हो । भरतपुर महानगरभित्र बसोबास गर्ने पत्रकारको मासिक भत्ताको लागि भरतपुर महानगरपालिकाले कोषमा २० लाख रुपैयाँ जम्मा गरेको छ। सो अवसरमा नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य रहेका चारजनाले भत्ता पाएका छन् ।

    पत्रकारहरु रेशम विरही , मोहन पोखरेल , डिल्लीराम पोखरेल , महेन्द्रराज श्रेष्ठले भत्ता पाएका छन् । बैशाखदेखि उनीहरुले भत्ता पाएका हुन ।नेपाल पत्रकार महासंघ चितवन शाखा र भरतपुर महानगरपालिकाले ‘जेष्ठ पत्रकार निवृत्तीभरण कोष ’स्थापना गरेको हो ।

    पत्रकार महासंघले एक लाख रुपैयाँ राखेको छ । कोषबाट भरतपुर महानगर भित्रका महिला , दलित , अल्पसंख्यक र अपांगको हकमा ५५ वर्ष र ६० वर्ष कटेका अन्य पत्रकारले भत्ता पाउने नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले बताए ।

    ‘महासंघले जेष्ठ अवस्थामा पनि सम्झियो भन्ने हो,’उनले भने , यो भत्ताले जेष्ठ पत्रकारको दैनिकीमा केही सहज हुनेछ भन्ने अपेक्षा छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कोषका लागि २० लाख रुपैयाँको चेक पत्रकार महासंघलाई हस्तान्तरण गरिन् । महानगर प्रमुख दाहालले पत्रकारको सम्मानको कोषको व्यवस्था गरिएको बताइन् । यो सुरुवात हो , कोषको निरन्तरताको लागि हामी प्रतिबद्ध छौं,’उनले भनिन् ,’ पत्रकारिता क्षेत्रबाट योगदान पुर्‍याउनेको सम्मान गरेका हौं।

    महानगर उपप्रमुख चित्रशेन अधिकारीले स्थानीय पत्रकारिताको क्षेत्रमा मुलुकभर भरतपुर महानगरले फरक कार्यक्रम गरेको बताए । महासघंले २० वर्ष काम गरेका र ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि भत्ताको व्यवस्था गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.