सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका जेष्ठ पत्रकारलाई मासिक चार हजारको दरले भत्ता


  •    न्युजभित्तो/२८ असार २०७९, मंगलवार १६:४५ 
  • चितवन, असार २८। भरतपुर महानगरभित्र  बसोबास गर्ने जेष्ठ पत्रकारले अब मासिक चार हजारका दरले भत्ता पाउने भएका छन् । भरतपुर महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि जेष्ठ पत्रकार निवृत्तिभरण कोष स्थापना गरेको हो । भरतपुर महानगरभित्र बसोबास गर्ने पत्रकारको मासिक भत्ताको लागि भरतपुर महानगरपालिकाले कोषमा २० लाख रुपैयाँ जम्मा गरेको छ। सो अवसरमा नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य रहेका चारजनाले भत्ता पाएका छन् ।

    पत्रकारहरु रेशम विरही , मोहन पोखरेल , डिल्लीराम पोखरेल , महेन्द्रराज श्रेष्ठले भत्ता पाएका छन् । बैशाखदेखि उनीहरुले भत्ता पाएका हुन ।नेपाल पत्रकार महासंघ चितवन शाखा र भरतपुर महानगरपालिकाले ‘जेष्ठ पत्रकार निवृत्तीभरण कोष ’स्थापना गरेको हो ।

    पत्रकार महासंघले एक लाख रुपैयाँ राखेको छ । कोषबाट भरतपुर महानगर भित्रका महिला , दलित , अल्पसंख्यक र अपांगको हकमा ५५ वर्ष र ६० वर्ष कटेका अन्य पत्रकारले भत्ता पाउने नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले बताए ।

    ‘महासंघले जेष्ठ अवस्थामा पनि सम्झियो भन्ने हो,’उनले भने , यो भत्ताले जेष्ठ पत्रकारको दैनिकीमा केही सहज हुनेछ भन्ने अपेक्षा छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कोषका लागि २० लाख रुपैयाँको चेक पत्रकार महासंघलाई हस्तान्तरण गरिन् । महानगर प्रमुख दाहालले पत्रकारको सम्मानको कोषको व्यवस्था गरिएको बताइन् । यो सुरुवात हो , कोषको निरन्तरताको लागि हामी प्रतिबद्ध छौं,’उनले भनिन् ,’ पत्रकारिता क्षेत्रबाट योगदान पुर्‍याउनेको सम्मान गरेका हौं।

    महानगर उपप्रमुख चित्रशेन अधिकारीले स्थानीय पत्रकारिताको क्षेत्रमा मुलुकभर भरतपुर महानगरले फरक कार्यक्रम गरेको बताए । महासघंले २० वर्ष काम गरेका र ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि भत्ताको व्यवस्था गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.