सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका निजी विद्यालयद्धारा शुल्क वृद्धिको प्रस्ताव


  •    न्युजभित्तो/२८ असार २०७९, मंगलवार १३:१७ 
  • चितवन,२८ असार। चितवनका निजी विद्यलायले ५० प्रतिशतसम्म शुल्क वृद्धिको माग गरेका छन् ।

    निजी विद्यालयहरुको छाता संगठन संस्थागत विद्यालयहरुको छाता संगठन निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) ले चितवनका सातै पालिकामा शुल्क वृद्धिको प्रस्ताव पेश गरेको छ । अहिलेकै शुल्कमा गुणस्तरीय शिक्षा दिन नसकिने भन्दै प्याब्सनले शुल्क वृद्धिको माग गरेको हो ।

    प्याब्सन अन्तर्गतका विद्यालयहरुले अबिभावकको ढाड सेक्ने गरी ५० प्रतिशतसम्म शुल्क शुल्क वृद्धि हुनुपर्ने माग राखेका छन् । यसरी संस्थागत विद्यालयहरुको महङ्गीको मारमा परेका अभिभावकहरुको ढाड सेक्ने गरी चर्को शुल्क वृद्धि गर्न खोजेको भन्दै आलोचना सुरु भएको छ । कतिपय विद्यालयहरुले अभिभावक समेत जानकारी नै नगराई शुल्क वृद्धि गर्न खोजेको भन्दै आलोचना भइरहेको छ ।

    तर प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधी अर्याल विद्यालयहरुले अभिभावकसँग छलफल गरेर मात्रै शुल्क वृद्धिको प्रस्ताव पेश गरेको बताउँछन् । अहिले मूल्य वृद्धि बढ्दै गएको र अझै बढ्ने अवस्था रहेकोले शुल्क वृद्धिको माग गरिएको उनी बताउँछन् । ‘सबैलाई छर्लङ्ग छ मूल्य वृद्धि कुन दरमा भइरहेको छ भन्ने कुरा । अर्को कुरा नेपाल सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । राष्ट्र बैंकले मूल्य वृद्धि अझै ६-७ प्रतिशतले बढ्ने भनेको छ । मूल्य वृद्धि जसरी भइरहेको छ त्यस अनुसार शुल्क वृद्धिको प्रस्ताव पेश गरेका हौं’, उनी भन्छन् ।

    निजी विद्यालयहरुले २०७६ सालपछि शुल्क वृद्धि नगरेको उनी बताउँछन् । सरकारी कर्मचारीहरुको तलब वर्षेनी बढ्दै जाँदा निजी विद्यालयका कर्मचारीहरुको पनि तलब बढाउन खोज्नु स्वभाविक भएको उनको भनाई छ । अब तीन वर्ष शुल्क वृद्धि गर्न नपाउने नियमावली भएकोले यस वर्ष सुहाउँदो तरिकाले समायोजन हुनुपर्छ भन्ने आफुहरुको माग रहेको उनी बताउँछन् ।

    अब तीन वर्ष बढाउन नपाउने भएकोले यसै वर्ष चर्को वृद्धि हुनुपर्छ भन्ने माग हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यसरी पनि बुझ्न भएन । तीन वर्षदेखि शुल्क समायोजन भएको छैन । ०७६ मा जे निर्णय भएको थियो अहिले ०७९ को असारसम्म त्यही रहिरहेको अवस्था छ । नेपाल सरकारले बढाएको तलब, भत्ता र मूल्य वृद्धिका कारण संस्थागत वियालयहरुले अहिले शुल्क वृद्धि गर्नु औचित्यपूर्ण हो भनेर प्रस्ताव गरेका हौं ।’

    तपाईहरुको अभिभावकको ढाड सेक्ने गरी शुल्क वृद्धिको प्रस्ताव गर्नुभएको हो ?  भन्ने प्रश्नमा उनी भन्छन्, ‘अभिभावकको क्षेत्रबाट त्यो कुरा राख्नु जायज होइन भन्न म चाहन्न । तर अहिले लिईरहेको शुल्कबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिदैन । अहिलेको मूल्य वृद्धिको अवस्था सबैलाई थाहा छ । हरेक चिजमा मूल्य वृद्धि भएको छ त्यसैले शुल्क वृद्धि जरुरी छ ।’

    प्याब्सनले ४० प्रतिशतसम्म शुल्क वृद्धिको प्रस्ताव गरेको छ । विद्यालयहरुले सम्बन्धित पालिकाको शैक्षिक महाशाखामा ३५ देखि ५० प्रतिशतसम्म शुल्क वृद्धिको प्रस्ताव पेश गरेको छ । विद्यालयहरु बिभिन्न वर्गका रहेकोले त्यही अनुसारको ३५ देखि ५० प्रतिशतसम्म शुल्क वृद्धिको माग गरेको उनको बुझाई छ । विद्यालयहरुले आफ्नो स्तर अनुसारको शुल्क वृद्धिको माग गरेकोले यसलाई अन्यथा लिन नहुने उनी बताउँछन् । तर पालिकाको शैक्षिक महाशाखा, अभिभावक तथा विद्यार्थी संगठनहरुसँगको छलफलबाट केही लचकता अपनाउने सकिने पनि उनले प्रष्ट पारे ।

    ०७६ पछि शुल्क वृद्धि नभएकोले यस वर्ष शुल्क वृद्धिको प्रकृया अघि बढेको भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल बताउँछ्न् । विद्यालयहरुले फरक फरक प्रस्ताव पेश गरेका छन् । ‘अहिले तीन वर्ष भयो शुल्क वृद्धि नभएको । नियममा पनि तीन-तीन वर्षमा मात्रै बढाउन पाउने छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघसहितको बैठकबाट सहमति गरेर प्रस्ताव गर्नुपर्छ । विद्यालयहरुबाट निर्णयसहितको प्रस्ताव प्राप्त भएको छ’, उनी भन्छन् ।

    विद्यालयको प्रस्ताव अध्ययन भइरहेको उनी बताउँछन् । अध्ययनपछि उक्त प्रस्ताव पौडेल आँफै संयोजक रहेको सिफारिस समितिमा जानेछ । उनका अनुसार विद्यालयहरुको प्रस्तावमाथि मूल्य वृद्धि, तलब भत्ता वृद्धिलाई मध्यनजर गर्दै अभिभावक संघ, विद्यार्थी संगठन, सरोवालाहरुसँगको छलफलपछि न्युनतम कति शुल्क वृद्धि गर्ने भन्ने बारे नगर शिक्षा समितिले निर्णय गर्नेछ ।

    महानगरभित्रका संस्थागत विद्यालयहरुले ३५ देखि ५० प्रतिशतसम्म शुल्क वृद्धिको प्रस्ताव पेश गरेका छन् । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा अन्तर्गतको संस्थागत विद्यालय प्रशासनका शाखा अधिकृत अर्जुन सिंह मडैका अनुसार ९६ विद्यालयले शुल्क वृद्धिको प्रस्ताव पेश गरेका छन् । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी संस्थागत विद्यालयहरुलाई तीन श्रेणीमा छुट्टाईएको छ ।

    जसमा ४६ वटा ‘ग’ श्रेणीका विद्यालयहरुले शुल्क वृद्धिको प्रस्ताव पेश गरेका छन् । यस्तै ‘ख’ श्रेणीका ८ वटा र ‘घ’ श्रेणीका २२ वटा तथा २० वटा श्रेणी नै नखुलेका विद्यालयहरुले प्रस्ताव पेश गरेका छन् । श्रेणी नखुलेका विद्यालयलाई पनि ‘ग’ मा नै राखेर शुल्क वृद्धि गर्ने या नगर्ने भन्ने बिषय छलफलबाट टुङ्गिने उनले बताए ।

    स्थानीय पालिकाको शैक्षिक शाखाले ‘ग’ श्रेणीका विद्यालयको मात्रै शुल्क वृद्धिको निर्णय गर्न पाउँछ । ‘ग’ श्रेणीको विद्यालयको शुल्क वृद्धिको आधारमा ‘क’ ख’ र ‘ग’ श्रेणीको विद्यालयको शुल्क वृद्धि हुन्छ । मडैका अनुसार ‘ख’ श्रेणीका विद्यालयले ‘ग’ को विद्यालयलाई तोकिएको भन्दा २५ प्रतिशत बढी शुल्क लिन पाउनेछ । भने ‘क’ श्रेणीको विद्यालयले ‘ख’ को भन्दा २५ प्रतिशत बढी लिन पाउने शिक्षा एेनमा व्यवस्था छ । यस्तै ‘घ’ श्रेणीको विद्यालयले ‘ग’ को भन्दा २५ प्रतिशत कम शुल्क लिन पर्नेछ ।

    विद्यार्थी संगठनको विरोध

    अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले निजी विद्यालयहरुले चर्को शुल्क वृद्धि गर्न खोजेको भन्दै विरोध जनाएको छ । शैक्षिक ठेकेदारहरुको सल्लाहमा प्याब्सनले सरोकारवाला, विद्यार्थी संगठन, र अभिभावकलाई समेत जानकारी नै नदिई ४० प्रतिशतसम्म शुल्क वृद्धि गर्न खोजेको भन्दै अनेरास्ववियुले निन्दा गरेको छ ।

    अभिभावक ढाड सेक्ने गरी शुल्क वृद्धि गर्न खोजेको भन्दै प्रस्ताव फिर्ता लिएर शैक्षिक वातावरण सहज बनाउन अनेरास्ववियु चितवन संयोजक अमित कुमार गुप्ताद्धारा जारी विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

    निजी विद्यालयहरुमा विद्यार्थीलाई प्रदान गनुपर्ने १० प्रतिशत छात्रवृत्तिलाई पारदर्शी नबनाई तथा विद्यालयको श्रेणी वर्गिकरण नगरि हचुवाको भरमा गरिने शुल्क वृद्धि मान्य नहुने विज्ञप्तिमा भनिएको छ । अनेरास्ववियु निजी विद्यालयहरुमा देखिएको व्यापारीकरणको विरुद्धमा आन्दोलनमा उत्रने चेतावनी दिँदै सबै पालिका कमिटीहरुलाई आन्दोलनका लागि तयार रहन आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.