सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर विमानस्थल, क्रिकेट रंगशालाको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


  •    न्युजभित्तो/२८ असार २०७९, मंगलवार १२:२४ 
  • चितवन,असार २८ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

    मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतसँग भेटवार्तापछि प्रधानमन्त्री देउवाले रोकिएका सबै काम तुरुन्तै अघि बढाउन निर्देशन दिएका हुन् ।

    अघिल्लो सरकारको पालादेखि नै चितवनमा रहेका यी विकासका काम रोकिएका थिए । ‘चितवन जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरू भरतपुर एअरपोर्ट विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य रोकिएको विषय, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति गर्नेलगायतबारे प्रधानमन्त्रीज्यूले तुरून्त कार्य अगाडि बढाउन आवश्यक निर्देशन दिनुभयो,’ भरतपुर महानगरकी मेयर दाहालले भनिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.