सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि विश्वविद्यालय र इसीमोडबीच द्विपक्षीय सम्झौता


  •    न्युजभित्तो/२७ असार २०७९, सोमबार १०:५३ 
  • चितवन,२७ असार।  कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) का बीच द्विपक्षीय सम्झौता भएको छ ।

    अनुसन्धान, ज्ञान सिर्जना अध्ययन अनुसन्धानका नतिजा प्रसार, हरित कृषिको प्रवद्र्धन र जलवायुमैत्री तरिकाबाट नेपालको पर्वतीय क्षेत्रमा कृषि, वन र वातावरण क्षेत्रमा सहयोग गर्न सम्झौता गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी र इसीमोडका महानिर्देशक डा पेमा ग्याम्त्सोले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    द्विपक्षीय सम्झौताबाट दुई संस्थाबीच अध्ययन, सहकार्यमा तयार गरिने अनुसन्धान प्रस्तावना, शिक्षक एवं विद्यार्थीको क्षमता वृद्धि र अन्य शैक्षिक कार्य सञ्चालन गर्न सकिने सम्भावना रहेको विश्वविद्यालयका योजना निर्देशक डा शिवचन्द्र ढकालले जानकारी दिनुभयो ।

    सहकार्यबाट सहभागितामूलक अनुसन्धान र प्रसारका क्रियाकलापलाई लागू गर्न विश्वविद्यालयअन्तर्गतको अनुसन्धान एवं प्रसार निर्देशनालयलाई जिम्मेवार निर्देशनालयको रुपमा तोकिएको छ ।

    विश्वविद्यालयका अनुसन्धान एवं प्रसार निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार इसिमोडबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा लागू हुन लागेको ब्रेस–ग्रेप परियोजनाको अनुसन्धानमूलक कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयले प्राविधिक सहयोग, साझेदारीमा अनुसन्धान, तालिम, प्रसार, गोष्ठी आदि कार्यमा नेतृत्वदायी भूमिकामा सहयोग गरिने छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.