सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा खुल्यो घडेरी बजार डटकम, अब घरमै बसेर घरघडेरी छान्न पाइने


  •    न्युजभित्तो/२६ असार २०७९, आईतवार १४:३१ 
  • चितवन,२६ असार। पूर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन् ।घर जग्गा कारोबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उद्देश्यले घडेरी बजार डटकम सुरु गरिएको सञ्चालक विपिन कंडेलले बताए ।

    यदि कसैले घर जग्गा विक्री गर्न चाहेमा घडेरी बजार डटकममा गएर आफ्नो युजर एकाउन्ट बनाइ आफ्नो सम्पतिको सम्पूर्ण विवरणहरु, घर जग्गाको फोटो, मूल्य, ठेगाना र उपलब्ध सेवा सुविधाहरु साथै अन्य आवश्यक जानकारीहरू राख्न सक्नेछन् । र खरिदकर्ताले आवश्यकता र चाहना बमोजिम घर जग्गा छनोट गरी बिक्रीकर्तासँग कारोबार गर्न सकिने व्यवस्था मिलाउन खोजिएको छ ।

    आजको व्यस्त समय र प्रविधिको युगमा घरबाटै सबै काम गर्न सकिन्छ । अनलाइनबाटै आफूले चाहेको सामान खरिद विक्री हुने प्रवृति बढ्दो भएकोले त्यसलाई मध्ये नजर गर्दै घर जग्गा कारोबारमा पनि सहजीकरण गर्ने उद्देश्यका साथ घडेरी बजार डटकम सुरु गरिएको र यसले गर्दा जुन सुकै, जहाँ सुकै र जहिले पनि मानिसले आफूले चाहेको घर जग्गाको बारेमा जानकारी लिन सक्ने र अनलाइनबाटै सम्पर्क गरेर खरिद विक्री गर्न सक्ने सुविधा पनि उपलब्ध भएकोण् उनले बताए ।

    साथै यसलाई आवश्यकता अनुसार स्तर उन्नति गर्दै लैजाने उनको योजना छ ।घडेरी बजारमा गएर घर जग्गा सम्बन्धीको सम्पूर्ण समाचारहरु हेर्न र पढ्न पाउने सुविधा पनि उपलब्ध छ । साथसाथै यदी कसैले अपार्मेन्ट बिक्री गर्न र खरिद गर्न चाहेमा सजिलै घडेरी बजारमा गएर त्यसबारे सम्पूर्ण जानकारी लिन सक्नेछन् र सिधै बिक्रेतासँग सम्पर्क गर्न सकिने छ ।

    एक बर्ष अगाडिमात्र एमविए उत्तीर्ण गरेका चितवनका उद्यमी युवा विपिन कंडेलले भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रालिको माध्यमबाट घडेरी बजार डटकम सुरु गरेका हुन् ।उनी विगत १४ बर्षदेखि विभिन्न सामाजिक गतिविधिमा सकृय रहँदै भि ग्रुप नेपालको माध्यमबाट युवा उद्यमिहरुबीच व्यावसायिक परामर्श र नियमित नव उद्यमी मिलन कार्यक्रम गरी भि ग्रुपको अलगअलग आयामहरू संचालन गर्दै आइरहेका छन् ।

    त्यसको साथसाथै सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद् नेपालको माध्यमबाट चितवनमा उदाहरणीय कार्यहरू कपडा बैंक, नियमित सरसफाइ अभियानको कुशल नेतृत्व लिई त्यसलाई निरन्तरता, महामारीको समयमा खाद्यान्न वितरण, युवाहरुलाई विभिन्न किसिमका तालिमहरु, जनचेतनामुलक अलगअलग अभियानमा पनि सकृय भूमिका निर्वाहन गर्दै आइरहेका छन् ।घडेरी बजारले पहिलो चरणमा चितवनमा व्यावसायिक करोबार सुरु गर्ने छ भने बिस्तारै नेपालका अन्य जिल्लाबाट सेवा विस्तार गर्दै जाने संचालकले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.