सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एकले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको छ : मेयर रेनु दाहाल


  •    न्युजभित्तो/२६ असार २०७९, आईतवार १३:१० 
  • चितवन,२६ असार। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छन् ।

    ईदुल अज्हा बकरइद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदन प्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् ।विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बीहरुलाई शासन गर्ने परिपाटी भएपनि अहिले त्यो अन्त्य भएर गएको उल्लेख गरिन् ।

    यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको संघिय गणतन्त्रको सुन्दर पक्ष रहेको मेयर दाहालले दाबी गरिन् । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै सबै धर्मालम्बीहरु बीच धार्मिक सहिषुणता कामय भई भाईचारको सम्बन्ध स्थापित भएको उनको भनाई थियो ।
    ‘यहाँ धर्मको आधारमा सानो ठूलो कोही छैन, उनले भनिन्, ‘ सबै धर्म मान्नेहरु समान हुन् । के हिन्दु, के बौद्ध, के मुस्लिम, के ईसाई । सबै धर्मले दिने सन्देश एउटै हो ।’

    भरतपुर महानगरपालिकाले मुस्लिम समुदायको अध्ययन र पुजा पाठको लागि मदरसा र मस्जित निर्माणका लागि वर्षेनी बजेट विनियोजन गर्दै आइरहेको पनि मेयर दाहालको भनाई छ । नेपाल बहुल भाषा, संस्कृति, धर्मको अनुपम स्थल हो, सबैले आफ्नो भाषा, संस्कृति, रितिरिवाजलाई स्वतन्त्र ढङगबाट मान्न पाउनुपर्ने उनको धाराणा थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.